२०८१ मंसिर १३, बिहिबार
कंचनपुर:
स्थानिय निर्वाचनको लागी चुनावी चहल पहल शुरु भए सङ्गै गाउँ-गाउँ टोल टोलमा कुन पार्टीलाई छान्ने भन्ने लहर शुरु भएको छ । कंचनपुर जिल्लाको बेलौरी नगरपालिका को वडा-वडा , टोल-टोलमा समेत राजनितिक गफगाफ शुरु भइसकेका छन तर जनताले गठबन्धन दलहरुको बर्जस्व नहेरी देशको हितमा काम गर्ने एमाले पार्टीलाई जनताले अझै पनि आफ्नो अमुल्य मतदानले पहिलो पार्टी बनाउने विश्वास रहेको नविन चन्द् बताए । यसैगरी आउँदो निर्वाचनमा बेलौरी नगरपालिका वडा नं 6 बाट आफू वडा अध्यक्ष को लागि दाबेदार रहेको समेत बताए । आफू बेलौरी नगरपालिकाबाट आफ्नो जितको लागि गठबन्धनसँग भिड्न समेत तयार रहेको उहाँले बताए । गठवन्धन दलहरुलाई ध्वस्त पार्ने तरिकाले आफूहरु अगाडि बढिरहेको उहाँले बताए । स्थानिय निर्वाचन नजिकिदै गर्दा पुराना निर्वाचनमा हारेकै नेताहरु पुनः निर्वाचनमा देखिने हुन वा नयाँ अनुहार चुनावी मैदानमा देख्न पाइने हो भन्ने चासो बेलौरी नगरपालिका जनतामा देखिन थालेको समेत पाइन्छ । राम्रा एजेण्डाको साथ-साथै युवा केन्द्रिय राजनितिमा नेकपा एमाले पार्टी लाग्ला त ?
यस्ता कतिपय प्रश्नहरुको जवाफ गाउँ, चोकहरुमा राजनितिक चासो राख्ने जनताहरुमा भेटिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी