२०८१ मंसिर १३, बिहिबार
कञ्चनपुर:
कञ्चनपुरको कृष्णपुर नगरमा नेकपा माओवादी केन्द्रले कुनैपनि दलसंग तालमेल नगर्ने र एक्लै चुनावी मैदानमा होमिने निर्णय गरेको छ । कृष्णपुरमा माओवादी केन्द्रले एक्लै चुनावमा होमिने निर्णय गरेको माओवादी केन्द्र कृष्णपुरले जनाएको छ । नेकपा माओवादी केन्द्र कृष्णपुरका युवा नेता दिपक कार्कीले कृष्णपुरमा माओवादीले एक्लै चुनावमा जाने निर्णय गरेको बताए । ‘गठबन्धनमा रहेका केही दलले स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन, ‘उनले भने, ‘त्यसो नभई माओवादी कृष्णपुरमा भरपुर बलियो भएकाले हामीपनि एक्लै चुनावमा जान्छौँ ।’ अघिल्लो चुनावमा समेत राम्रो जनमत ल्याएको र ३ वडा माओवादीले जितेको बताउदै उनले अहिले विगत भन्दा राम्रो भएको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी