२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
मृत्यु भएका कञ्चनपुरका केही जनप्रतिनिधीको नाम समेत मतदाता नामावली लिष्टमा समावेस भएर आएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतदाता नामावलीमा मृत्यु भएका कञ्चनपुरका जनप्रतिनिधीको समेत नामावली समावेस भएर आएको हो ।
झण्डै एक बर्ष अघि १३ चैत्र ०७७ मा मृत्यु भएका भीमदत्त नगरपालिका ५ का वडाध्यक्ष मदन बहादुर चन्द, डेढ बर्ष अघि ५ मंसिर ०७७ मा मृत्यु भएका बेलडाँडी गाँउपालिका ५ का वडाध्यक्ष कृष्ण बहादुर रोकायाको नाम पुन मतदाता नामावली लिष्टमा आएको छ ।
निर्वाचित जनप्रतिनिधीको मृत्यु भएको बारे समेत निर्वाचन आयोगले पुन नाम प्रकासित गरेको छ भने, अन्य सर्वसाधारण नागरिकको हकमा के गरेको रहेछ भन्नेबारे आशंका उब्जाएको छ । जबकी जनप्रतिनिधी त चर्चित व्यक्ति हुँदाहुँदै मरेर गएपनि कम्तिमा आयोगले अद्यावधिक गर्नुपर्ने भएपनि त्यो नगरेर पुन नाम प्रकासित गरेको छ ।
बेलडाँडी गाँउपालिका ५ का स्व. वडाध्यक्ष कृष्ण बहादुर रोकायाका छोरा भुपेन्द्र रोकायाले बाबुको मृत्यु दर्ता गराईसकेको बताए । उनले बाबुको मुत्यु भएको केही दिनमै आफुहरुले मृत्यु दर्ता गराएको बताउदै उनले मृत्यु भएका बाबुको पुन मतदाता नामावलीमा कसरी नाम आएको भन्दै आश्चर्य प्रकट गरेका छन ।
१२ जेठ ०७७ मै कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष कल्लुराना थारु , २३ कार्तिक ०७७ मा पुनर्वास नगरपालिका ४ की वडा सदस्य टीका सुनार र २९ भदौँ ०७८ मा जिल्ला समन्वय समिति सदस्य बलराम पन्तको मृत्यु भएको थियो ।
जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका सुचना अधिकारी भान बहादुर महराले प्राविधिक त्रृटीले मृत्यु भएका मानिसको नाम पुन समावेस भएर आएको बताए । ‘हामीले पालिकासंग मृत्यु भएका जनप्रतिनिधीको नाम माग गरेका थियौँ, ‘उनले भने, ‘वडा र पालिकाबाट आएको विवरण सिधै आयोगमा पठायौँ, केही त्रृटी भएको रहेछ ।’
आयोगले पनि तुरुन्ता तुरुन्तै माग्ने र हामीले वडा तल वडा पालिकाबाट मृत्यु भएका मानिसको विवरण माग्दा कसैले हातले खेलेर पठाए कसैले कम्प्युटराईज गरेको बताए । जनशक्ति लगायत प्राविधिक कारणले त्रृटी भएको सुचना अधिकारी महराले बताए । सुचना अधिकारी महराले मृत्यु भएका मानिसको पुन नाम दोहोरिए आएकाले कति संख्यामा आएको एकिन नभएको बताए ।
जिल्ला निर्वाचन आयोगको कार्यालय कञ्चनपुरका प्रमुख उदय राज जोशीले मृत्यु भएका कञ्चनपुरका २९ सय मानिसुको नामावली केन्द्रीय आयोगमा पठाएको बताए । ‘हामीले कञ्चनपुरका सबै पालिकाबाट मृत्यु भएका मतदाताको विवरण मागेका थियौँ, ‘उनले भने, ‘पालिकाबाट आएका सबै नामावली केन्द्रमा पठाऔँ ।’ उनले जिल्लाबाट जति पठाए त्यति नै केन्द्रबाट जिल्लामा अद्यावधीक भएर आउने नआउने बारे एकिन नभएको बताए । पालिका अनुरुप मृत्यु भएकाको विवरण निकाल्न समस्या भएको कार्यालय प्रमुख जोशीले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी