२०८१ मंसिर १३, बिहिबार
दोधारा:
दोधारा चाँदनीमा नेता तथा कार्यकर्ताहरु खेतवारीमा गएर भोट माग्न थालेका छन् । आउदो बैशाख ३० गते हुने स्थानिय निर्वाचनको लागी आफ्नो उम्मेदवारलाई जिताउन दोधारा चाँदनी नगरपालिकाका खेतवारीमा गएर दलहरुका नेताहरुले भोट माग्न थालेका छन् ।
दोधारा चाँदनीमा नेपाली काग्रेंस, नेकपा एमाले, राप्रपा, एकिकृत समाजबादी, नेकपा माओबादी केन्द्र, स्वतन्त्रका उम्मेदवार चुनावी प्रचार प्रसारमा लागिपरेका छन् । यति बेला दोधारा चाँदनी नगरपालिकाका स्थानियहरुले गहुँ काट्ने र भित्र्याउने बेला छ् । स्थानिय तहको निर्वाचनको मिति नजिकिए संगै नगर क्षेत्रमा चुनावी सरगर्मी हृवात्तै बढेको छ् । मतदाताहरुलाई घरमा भेट गर्न नपाएपछि दलका नेता तथा कार्यकर्ता खेतवारीमा समेत पुगेर आफ्नो दलका उम्मेदवारलाई बहुमतले जिताउन अपिल गर्दै आएको दलहरुले बताएछन् । ‘यहाँका अधिकांश स्थानियवासीलाई भने गहुँ बाली भित्र्याउने चटारो छ्’ स्थानिबासीहरु भन्छन्– ‘दलहरुको घरदैलो कार्यक्रममा नेता तथा कार्यहरुले मतदातालाई भेट्न खेतवारीमा पुग्ने गरेका छन् ।’ स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेपाली काग्रेंसले ‘नेपाली काग्रेंसको घर घरमा जाऔं, काग्रेंस जिताऔ’ अभियान थालेको छ् । यस्तै नेकपा एमालले ‘घर घरमा एमाले जनमनमा एमाले’ साताब्यापी अभियान थाल्दै आएको छ् । राप्रपा, एकिकृत समाजबादी, नेकपा माओबादी केन्द्रले भेटघाट कार्यक्रमलाई अघि बढाउदै आएको छ् । केही दिनमा गहुँ काटेर घर भित्र्याएपछि थप दोधारा चाँदनीमा चुनावी रौनक थपिने स्थानियबासी खेम बहादुर थापा बताउछन् । ‘अहिले जनताहरु खेतवारीमा आफ्नो वर्ष दिनको मेहनत घर भित्र्याउन लागेका छन्’ खेम बहादुर थापाले भने । दलहरुका पार्टीले खटाएका नेता तथा कार्यकर्ताहरु घर दैलो मतदातालाई भेट नभएपछि गहुँ काट्दै गरेको अवस्थामा भोट माग्न थालेका छन् । मतदाताहरु गहुँ काट्दै नेताहरुको चुनावी कुराकानी गर्दै गर्ने गरेका छन् । गर्मीलाई बेवास्ता गर्दै गहुँ काट्ने स्थानमा दलका नेता तथा कार्यकर्ता पुग्न थालेको दोधारा चाँदनी नगरपालिकाका अर्का स्थानिय टेक बहादुर सुनारले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा धेरै जसो दलहरुमा उम्मेदवार टुङ्गो लगाउन सकस देखिदै आएको छ् । ‘हामीलाई गाँउ बस्तीको विकास गर्ने नेता चाहिएको छ्’ टेक बहादुर सुनारले भने – ‘अबको निर्वाचनमा कसै फकाएर जनता पकिने वाला छैन्, जनताले कस्तो ब्यक्तीलाई निर्वाचनमा जिताए हामी सबैका राम्रो हुने कुरा बुझिसकेको छ् ।’ पार्टी जुन कोही होस् राम्रो ब्यक्तलाई भोट दिने उनले बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी