२०८१ मंसिर ९, आईतबार
काठमाण्डौँ:
जनता समाजवादी पार्टी(जसपा) सुदूरपश्चिम प्रदेशमा पहिरो गएको छ । जसपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष कृष्ण कुमार चौधरी(कुण्दन) सहितको सिङ्गो जसपा टिम माओवादी केन्द्रमा प्रवेस गरेको हो ।
जसपा सुदूरपश्चिका प्रदेश अध्यक्ष चौधरी सहितका नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेस गरेका छन ।
मंगलबार राजधानी काठमाण्डौँमा एक कार्यक्रमका विच जसपा सुप प्रदेशका अध्यक्ष चौधरी, केन्द्रीय सदस्य माया नेगी, प्रदेशका नेताहरु पशुपती चौधरी, गंगा चौधरी, पुरन साउद सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका इन्चार्ज खगराज भट्टले सुप प्रदेशमा माअोवादी केन्द्रमा जसपा नेता कार्यकर्ता प्रवेस नभई पाटी समाहित भएको बताए । ‘यो कुनै प्रवेस होईन, उहाँहरु पहिलेदेखि नै माओवादी नेता कार्यकर्ता नै हुन, ‘अहिले जसपा माओवादीमा समाहित भएको हो ।
चौधरी, नेगी सहितका सबै पुर्व माओवादी नेता कार्यकर्ता थिए । उनीहरु पुन माओवादीमै फर्किएका छन ।
०७२ सालमा माओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले पाटी परित्याग गरेर नयाँ शक्ति हुँदै मधेशवादी दलमा पाटी एकिकरण गरेका थिए । सुदूरपश्चिममा बाबुराम भट्टराईकै विश्वासिता नेता कार्यकर्ताले बाबुरामको साथ छाड्न थालेपछि जसपा बाबुराम पक्ष सुन्यतातर्फ गईरहेको छ । जसपा केन्द्रीय सदस्य माया नेगीले अहिले सुप प्रदेश पाटी माओवादीमा समाहित भएको र पछि वडा स्तरको जसपा टिम माओवादीमा स्वत समाहित हुने बताईन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी