२०८१ मंसिर १३, बिहिबार
दोधारा:
दोधारा चाँदनीमा नमुना नगर युवा नगर सभा सम्पन्न भएको छ । दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजित नमुना नगर युवा नगर सभा आज सम्पन्न भएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशीले जानकारी दिएका छन् । युवाहरुलाई जनप्रतिनिधीहरुको उपस्थितिमा नमुना नगर सभा अभ्यासको प्रस्तुति दिएसंगै ४ दिने कार्यक्रम समापन भएको हो । कार्यक्रममा २७ जना युवाहरुले तालिम लिएका छन् । नमुना नगर युवा नगर सभामा नगर प्रमुखमा प्रकाश चन्द चयन भएका थिए भने, नगरउपप्रमुखमा ईशा कुमारी भट्ट चयन भएका थिए । सभामा मेयर पदका लागी ५ जना युवाले उम्मेदवारी दिएका थिए भने, नगरउपप्रमुखमा २ जनाले उम्मेदवारी दिएको बताईएको छ् । नमुना नगर युवा अभ्यासमा युवालाई देशको संविधान नियम कानून, संसदीय व्यवस्था र अनुशासन सिकाई भविष्यमा असल नेतृत्व गर्न सक्षम जनशक्ति उत्पादन गर्नका लागि दोधारा चाँदनी नगरपालिका कार्यालयको सभा कक्षमा ४ दिने नमुना नगर युवा जनप्रतिनिधी अभ्यास कार्यक्रम संचालन भएको थियो । युवालाई व्यवस्थापिका कार्यपालिका र न्यायपालिकाको कार्य तथा अन्तरसम्बन्धको ज्ञान गराई असल संस्कार र सुझबुझपूर्ण व्यवहार सिकाउनका लागि यस कार्यक्रम सञ्चालन गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदक्त जोशीले बताएका छन् । कार्यत्रममा १६ देखि २४ बर्ष उमेर समुहका दोधारा चाँदनी नगरपालिकाका सबै वडा समेट्ने गरि २७ जना युवा तथा युवतीको सहभागिता रहेको थियो । कार्यक्रम अन्तर्गत नगर प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख हरिदत्त जोशी लगाएतले नगर सभाको ढाँचा, नगरपालिकाको प्रशासनिक सेवा तथा स्थानिय सरकार ऐनका विषयमा सहभागिहरुलाई जानकारी मुलक सक्र सञ्चालन गरेका थिए । कार्यत्रममा सहभागी बिच बाटनै नगर सभा अभ्यासको लागि नमुना नगर प्रमुख, उप–प्रमुख, वडा अध्यक्ष, कार्यकारी सचिव लगाएत विभिन्न समितिका संयोजकहरु निर्वाचन प्रकृयाबाट छनौट भएका थिए । अभ्यास अन्तर्गत सहभागीहरुले नगरपालिका युवा क्षेत्रका विद्यमान परिस्थितिहरुका विषय उठान गर्दै त्यस्को समाधानको लागि नमुना निति तथा कार्यक्रम र विधयेक तयार गरि विभिन्न समिति बिच छलफल गर्दै प्रचलित नगर सभाको पुर्ण अभ्यास मार्फत पारित गरि कार्यक्रम समापन गरिएको थियो । कार्यक्रमको समापन सत्रमा सञ्चालन गरिएको नमुना नगर सभा अभ्यास अन्तर्गत सहभागी युवाहरुले प्रस्तुत गरेका विषय उठान र छलफल भएका निति तथा कार्यक्रमहरुको दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख बिर बहादुर सुनारले खुलेर प्रशंसा गरेका थिए । युवा सहभागिहरुको प्रस्तुतिकरण, वक्तृत्वकला र क्षमता विकास भएको महसुस झएको कार्यक्रममा महशुस गरिएको बत्ताहरुले बताएका छन् । युवाहरुमा उजागर भएको जोश, सिप र क्षमताको उच्च मुल्यांकन हुनेमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख बिर बहादुर सुनारले बताएका छन् । सहभागीहरुका अनुसार यस कार्यक्रम मार्फत राज्य, देशको संविद्यान, सरकारको प्रशासनिक तथा राजनितिक प्रणालीहरुका बारेमा विस्तृत ज्ञान लिन पाएको बताएका छन् । नगर युवा नगर सभा अभ्यासमा युवाहरुले भाषण कला, आत्मबल तथा राज्य र राजनितिक ज्ञान–सिपको विकास भएको महसुस गर्दै आयोजक दोधारा चाँदनी नगरपालिका कार्यालयलाई धन्यबाद दिएका थिए । यस्तै प्रकारको युवा लक्षित कार्यक्रमहरु आगामी दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयले संचालन गर्दै जानु पर्ने सहभागी युवाहरुले जोड दिएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी