२०८१ मंसिर १३, बिहिबार
दोधारा:
आसन्न वैशाख ३० गतेको लागि तय भएको स्थानिय तह निर्वाचनको सरगर्मी बढेको छ् । स्थानिय तह निर्वाचनलाई लक्षित गरी विभिन्न राजनीतिक दलहरुले चुनावी अभियानलाई तिब्रताका साथ अघि बढाईरहेका छन् । टिकटको लागि लभिङ गर्ने देखि उम्मेदवारी घोषणा गर्ने क्रम बढ्दो छ् । यस पटकको निर्वाचनमा युवा पुस्ताको सक्रियता उल्लेख्य देखिएको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. ६ वडाअध्यक्ष पदमा राष्ट्रिय प्रजातन्त्र पार्टीका तरुण नेता अभिषेक भण्डारी भिड्ने भएका छन् । हिजो दोधारा चाँदनी नगरपालिका वडा नं. ६ मा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको वडा भेलामा युवा पुस्ताका नेता अभिषेक भण्डारी वडा अध्यक्ष पदमा लड्ने भएको सम्बोधनको क्रममा घोषणा गरिएको छ् । दोधारा चाँदनी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय नेता तथा सामाजिक अभियन्ता तथा पार्टी प्रबक्ता ज्ञानेन्द्र शाहीको आगम पछि आफु राजनितिकमा सक्रिय जिवन बिताउने प्रेरणा जागेको अभिषेक भण्डारीले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीको नगर सदस्य पदमा रहेर राजनितिक गर्दै आएका भण्डारी राजनितिक क्षेत्रबाट सामाजिक कार्य गर्ने रहर आफुमा जागेको बताएका छन् । उनले आफ्नो उम्मेदवारीमा पार्टीका सबै क्रियाशील सदस्य तथा अग्रजहरुको समर्थन गरेको दावी गर्दै आउदो बैशाख ३० गते हुने दोधारा चाँदनी नगरपालिकाको स्थानिय निर्वाचनमा वडा नं. ६ बाट वडा अध्यक्ष पदमा बहुमत ल्याउने दाबी गरेका छन् । उनले आफुले युवा, बालबालिका तथा जेष्ठ नागरिक सबैलाई समेटेर अघि बढ्ने सुनाए । उनले अब युवा पुस्तालाई नेतृत्व दिनु पर्ने र समाज परिवर्तनको जिम्मेवारी अब युवाहरुले सम्हाल्नु पर्ने बताउदै सबैको सहयोग पाए आफु निर्वाचिन हुनेमा विश्वस्त रहेको बताए । स्थानिय तहको जनप्रतिनिधीहरुले गर्दै आएको भ्रष्टाचार बिरुद्धमा मेरो उम्मेदवारी रहेको बताउदै उम्मेदवार भण्डारीले आफुले वडा अध्यक्ष पदमा जिते वडामा भ्रष्टाचार मुक्त वडा बनाउने बताएका छन् । ‘वडामा मैले र मेरो टिमले जिते वडाको समृद्धि र बिकास कायापलट गर्ने छु’ उम्मेदवार अभिषेक भण्डारीले भने । राजनिति संग संगै सामाजिक लोकप्रिय रहेका नेता अभिषेक भण्डारी कुशल नेतृत्वकर्ता मानिन्छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी