२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
आर्थिक रुपमा विपन्न कञ्चनपुरकी एक एकल महिला समयमै उपचार नपाउँदा मृत्यु बरण गर्नु परेको छ । बेदकोट नगरपालिका ७ मुसेपानीकी ४३ बर्षिया रन्जुला साउदले पैशा चेतना अभावका कारण अकालमै ज्यान गुमाउन परेको हो । साउद बिरामी भएपछि अस्पताल लैजान पैशा अभावका कारण घरमै धामीझाँग्री बोलाएर उपचार गर्न थालेपछि धामीझाँग्रीको कुटाईबाट साउदको मृत्यु भएको छ । साउदलाई बोक्सी लागेको भन्दै उनका घर परिवारले अस्पताल लैजानुको साटो घरमै धामीझाँग्री मार्फत झारपुक गराएका थिए ।
केही दिनदेखि साउद बिरामी थिईन, अस्पताल जानका लागि पैशा नभएकाले उनको उपचारका लागि स्थानीय धामीझाँग्री धर्मानन्द भट्ट र नारायण दत्त भट्टले झारपुक गदै आएका थिए । उनीहरुकै कुटपिटबाट साउदको मृत्यु भएको भन्दै स्थानीयले घर घेराउ गरेका छन ।
स्थानीयले घटना जघन्य प्रकृतिको भएकाले दोषिलाई उन्मुक्ती दिन प्रहरीले संस्कापद भूमिका निर्वाह गर्न नहुने सुझाव दिएका छन । विगतमा पनि यस्ता प्रकृतिका घटनामा प्रहरीले मिलाउने भएकाले यस पटक गल्ती दोहो¥याउन नहुने तर्फ ध्यान केन्द्रीत गरेका
छन । मृतक साउदका श्रीमान छैनन । उनका दुई छोरी छन ।
घटनाप्रति भत्र्सना जाहेर गर्दै कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगीले घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारिन् । ‘अहिले युगमा पनि भुत प्रेत लागेको भन्दै हत्या गर्ने हिसाबले कुटपिट गर्ने कार्य निन्दनिय अमानविय छ, ‘उनले भनिन, ‘घटनाको सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही हुनुपर्छ ।’
प्रहरीले धामीझाँग्री धर्मानन्द भट्ट र नारायण दत्त भट्टलाई नियन्त्रणमा लिएको छ । क्ञ्चनपुर प्रहरीले घटना बारे प्रारम्भिक अनुसन्धान शुरु भएको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिह चौधरीले घटना स्थलामा टोली खटिएको बताउदै थप अनुसन्धान भईरहेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी