२०८१ मंसिर ६, बिहिबार
भिमदत्त नगरपालिकाको वडा नम्बर ०२ ले आज आफ्नै वडा कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी भिमदत्त न पा-०२ को आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मका प्रमुख उपलब्धी सम्बन्धी कार्यक्रमको आयोजना गरेको छ । वडा नम्बर ०२ का वडाध्यक्ष डम्बर सिंह कार्कीले वडामा आफू वडाध्यक्ष भएपछीका आफुहरुले गरेका कामहरुमा प्रकाश पारेका छन ।
आफुहरु वडाको नेतृत्वमा आइसकेपश्चात संकलन भएको राजस्व र आफुहरुले वडाको कृषि क्षेत्र , शिक्षा , खानेपानी , स्वास्थ्य क्षेत्रको लागी गरेका काम का साथै वडामा रहेका विप्पन्न परिवारहरुलाइ बस्नको लागी घर सम्म आफुहरुले आफ्नो अवधीमा बनाएको समेत बताउछ्न वडा अध्यक्ष कार्की । आफ्नो वडामा रहेका कृषकहरु लाई ५० प्रतिशत अनुदानमा गहु , धान तथा मकैको बीउ समेत वडा कार्यालयले उपलब्ध गराउदै आएको छ ।
भीमदत्तनगरपालिका वडा नं. ०२ को आ.व. २०७४।७५ देखी २०७८।७९ सम्मका
प्रमुख उपलब्धिहरु:
उत्तरमा राजमार्ग, दक्षिणमा १९ नम्बर वागफाटा पूर्वमा कनकट्टी खोलापश्चिम सुका नाला (भासीखोला) चारकिल्लामा रहेको वडा नम्बर २ मा भासी, महोलीया, उल्टाखाम, खन्ना चौराहा, कनकट्टी चौराहा, काटा चौराह, ६ नम्बर चौराहा लगायत वस्तीहरु रहेका छन । यस वडामा ३१ टोल विकास संस्थाहरु छन भने लगभग १५८६ घरधुरी र ७२५२ जनसंख्या रहेको छ । यस वडामा आदिवासीजनजाती थारु समुदायको सघन वस्ती र बाहुन, क्षेत्री, ठकुरी र दलित तथा अन्य जातजातीको मिश्रीत वसोवास रहेको छ । यस वडाको उत्तरी भेग राजमार्ग नजीकमाशहरीकरण तथा घना वस्तीको विकास भैरहको छ । यो वडा कृषिउत्पादनकाहिसाले उत्तम रहेको र धानको सुपरजोन, गहुको व्लक एरिया र तरकारी खेती र पशुपालनमा अग्रणी स्थानमा रहेको छ । यस वडाको विकासको बाधकमा रुपमा वडाको पूर्वमा रहेको कनकट्टी नदि र पश्चिममा रहेको भासीखोलावाट वर्षेनी वाढीको डुवान कटान र मूख्यचुनौतिहुन । कच्ची सडक संचालनले वर्षातमा समस्याभोग्नु पर्ने र कृषिको व्यवसायिकरण नभएको समस्यालाई मध्ये नगर गरि हाम्रो नेतृत्वको ५ वर्षमा निर्वाचनामा जादा गरेका प्रतिबद्धता अनुसार निम्नकामकार्य तथा उपलब्धि हासिल गरेका छौं ।
पुर्वाधार विकास
– वडाको मूख्य तथा मुल सडकको कुल ९ कि.मी. कालोपत्रे निर्माण कार्य सम्पन्न भएको ।
वडाको कच्ची सडक मध्ये कुल ३० कि.मी. बाटो ग्राभेल र ४ कि.मी. बाटो पानीपिच गर्ने कार्य सम्पन्न भएको ।
भासी काँगला पुल देखी भी न.पा. १९ को सिमाना सम्म ८ कि.मी. ट्रायाक खोल्नेकार्य सम्पन्न भएको ।
– भासीखोला र कांगलाखोलाकाविभिन्न स्थानहरुमा १.५ कि.मी. तटबन्ध निर्माण कार्य सम्पन्न
कार्यालय भवनको लागि जमीन नभएको अवस्थामा जमीन खोजी गरि जमीनदाता वाट करिव २ कट्ठा जमीन प्राप्त गरि कार्यालय भवन समेत निर्माण भई आफ्नै भवन वाट सेवाप्रवाह भइरहेको
स्वास्थ्य सेवा प्रवाहका लागि आधारभुत स्वास्थ्य सेवा केन्द्रको भवन निर्माणाधिन
अवस्थामा रहेको छ ।
वडाका विभिन्न ५५ स्थानहरुमा योमपाईप हाल्ने कार्य सम्पन्नभएको ।
बडाका विभिन्न स्थानहरुमा ९ वटा कल्र्भट निर्माणकार्य सम्पन्न |
भी.न.पा. ०२ र वेतकोट न.पा. ०७ जोड्ने काङलाखोलामा झोलंगे पुलनिर्माण ।
भी.न.पा. ०२ र वेतकोट न.पा. ०९ जोड्ने कनकट्टी खोलामा पुल निर्माण कार्यका लागी
ठेक्का प्रक्रियामा रहेको ।
साना सिचाईका निमित्त किसानहरुका लागी १६ थान सिचाई वोरिङका लागी सिफारिस
गरिएको ।
कुल ३१ कि.मी खानेपानीलाईन विस्तारभई खानेपानीवितरण कार्य अन्तिम चरणमा
रहेको ।
– वडामा रहेका वसोवासीको संस्कृति परम्परा अनुसार विभिन्न स्थानमा १० वटा मन्दिर र
थुनुवामन्दिर निर्माण कार्य सम्पन्न ।
अव्यवस्थित विद्युतलाईन लाई व्यवस्थित गरि थ्रिफेज लाईन विस्तार गर्नुका साथै ६ वटा
नयाँ विद्युत ट्रान्सफर्मर जडान गरीएको र २ वटा ट्रान्सफर्मरको क्षमता वृद्धिगरि
विधुतको सप्लाई व्यवस्थित गरिएको ।
सामाजिकविकास :
सरस्वती मा.वि. मा ४ कोठे भवननिर्माणकार्य सम्पन्न भैसकेको र ६ कोठे
भवननिर्माणाधिन अवस्थामा रहेको ।
सरस्वती मा.वि. मा शुद्ध खानेपानीको व्यवस्था गरिएको ।
सरस्वती मा.वि. मा विज्ञान प्रयोगशालानिर्माण गरिएको ।
– सरस्वती मा.वि. मा पुस्तकालयनिर्माण गरिएको ।
सरस्वती मा.वि. का २० जनाविपन्न, गरिव विद्यार्थीहरुलाई न्यानो लुगावितरण गरिएको ।
सरस्वती मा.वि. का १६ जनाविपन्न, गरिवतथा जेहेन्दार विद्यार्थी (छात्रा) हरुलाई साईकलवितरण गरिएको ।
सरस्वती मा.वि.को वालविकासकावालवालिकाहरुकालागी खेल सामग्रीहरु प्रदान गरिएको
सरस्वती मा.वि. मा वडा स्तरीय हाजिरी जवाफप्रतियोगिता सञ्चालन गरिएको ।
सरस्वती मा.वि. मा निर्मला स्मृतिपार्क निर्माण गरिएको । यस वडाको सिमानामा रहेको वडा नं. १९ को श्री लक्ष्मी मा.वि. र श्री सिद्धनाथ
नि.मा.वि. लाई खेल सामग्रीतथाविद्यालयव्यवस्थापनमा सहयोग गरिएको ।
७२ जना जेष्ठ नागरिकहरुलाई अवलोकन भ्रमण गराईएको ।
थारु समुदायको महानपर्व माघीको अवसरमा माघी मिलनकार्यक्रम संञ्चालन गरिएको । यस वडामा रहेका गरिव तथाविपन्न परिवारका १२ जनायुवायुवतीहरुलाई कारको ड्राईभिङ तालिमदिइएको ।
सरस्वती मा.वि.मा दिवाखाजाकार्यक्रम संचालनमा रहेको ।
योग शिविर संचालन गरेको
वडा स्तरिय मेलमिलाप समिति गठन भई सक्रिय रहेको ।
यस वडामा ३१ वटा टोल विकास संस्थाहरु रहेका छन् ।
स्वास्थ्यः
– यस वडाको आधारभुत स्वास्थ्य सेवा केन्द्र वाट OPD सेवा १०८०० जनालाई दिएको ।
परिवार नियोजन सेवा ३४५ जनालाई दिएको ।
सुरक्षित मातृत्व सेवाअन्तर्गत २६४ जनालाई झुलवितरण गरिएको
७८२ जनालाई नियमितखोप सेवादिएको ।
लक्षित समुहअन्तर्गत ८६६४ जनालाई कोरोना विरुद्धको खोप सेवादिईएको । लक्षित समुहका १४७८ जनालाई टाईफाईड विरुद्धको खोप सेवादिईएको ।
लक्षित समुहका ७८२ जनाबालबालिकालाई पोषण सेवादिईएको ।
– ५ वर्ष मुनिका ३००० बालवालिकाहरुलाई भिटामिन ए र जुकाको औषधिखुवाउने कार्य भएको । कोभीड महामारी नियन्त्रणः
कोभिड महामारीको विषम परिस्थितिमा २ स्थान (सरस्वती मा.वि. र लक्ष्मी मा.वि.मा क्वारेन्टाईन स्थापना गरी ४६३ जनालाई क्वारेन्टाईनमा राखिएको र वडाका अतिविपन्न २०८ घर परिवारलाई राहतवितरण गरिएको ।
आर्थिक विकास :
– यस वडामा रहेका गरिव तथा विपन्न परिवारका ९५ युवाहरु लाई स्वरोजारतालिमप्रदान गरिएको । (१५ जनालाई गुडीया बनाउने तालिम, २० जनालाई, ४० जनालाई ईलेक्ट्रिसियन तालिम, २० जनालाई व्यटिपार्लर तालिम)
यस वडामा रहेका गरिव तथाविपन्न ४ जना कृषकलाई माछा पोखरीमा, २ जना कृषकलाई मासु कटिङका लागी, १५ जनालाई लोकलकुखुरा पालनमा र १ जनालाई
बंगुर पालनमा अनुदानदिएको
– यस वडामा रहेका गरिव तथाविपन्न ९१ जनाकिसानलाई बाखावितरण गरिएको ।
– यस वडाको विभिन्न स्थानमा ३२ टनेल निर्माण गरिएको ।
१४ जना किसानहरुलाई लोकलकुखुराका चल्ला र आवश्यक सामग्रीवितरण गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कंचनपुरबाट गोठ सुधार कार्यक्रम गरिएको
यस वडामा रहेका २० जना किसानहरुलाई च्याउ खेती तालिम, २० जनालाई अचार वनाउने तालिम, १४ जनालाई कुखुरा पालन तालिम, १४ जनालाई भैसी पालन तालिम र ७० जनालाई मौसमी तथा वेमौसमी तरकारी खेती तालिम दिएको ।
गहुँ पाकेट क्षेत्र संचालनमा रहेको । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई संचालनमा रहेको ।
५० प्रतिशत अनुदानमा वडामा रहेका किसानहरुलाई धान, गहुँ र मकैको विउवितरण गर्दै
– यस २ नं. वडामा १६ वटा कृषि समुह रहेका छन् ।
चालु आ.व. मा हाल सम्मको वडाको राजस्व रु. ११,१७,४४१/- संकलन भएको छ यस वडाबाट विभिन्नलक्षित समुहका ८०६ जनाले बैंकिङ प्रणाली मार्फत सामाजिक
राजश्व वृद्धि र परिचालन:
– यस २ नं. वडा कार्यालयबाट प्रदान गरिने नियमित सेवाहरु प्रवाहहुदै आईरहेको छ ।
व्यहोरा समेत जानकारी गरिन्छ ।
सुरक्षाभत्ताप्राप्तगर्दै आईरहेका छन् ।
यस वडामा रहेका १०० जना गरिव तथाविपन्नव्यक्तिहरुलाई न्यानो कम्बलवितरण गरिएको
– यस वडामा रहेका विपन्न ६ घरधुरीलाई टिनको छानो वितरण
– जनताआवास कार्यक्रमअर्न्तगतविपन्न परिवार मध्ये २ परिवरको घर निर्माण र १६ जनालाई टिनको छानो वितरण गरेको ।
– यस वडाका ४० जनाले रक्तदानकार्यक्रममा सहभागी भई रक्तदान गरेको ।
अन्त्यमा,
यस वडाको समृद्धिको यात्रामा वडाका विकास निर्माण, अर्थिक विकास, रोजगारी तथा स्वरोजगारी सृजना, विपद् जोखिमव्यस्थापन, कृषितथापशुपालन क्षेत्रको व्यवसायिकरण र उत्पादन वृद्धि लगायतकाकार्यमा सहयोग पुर्याउनु हुने संघ, प्रदेशकाप्रमुख, प्रतिनिधि, भीमदत्तनगरापालिका टिम, स्थानीय सरोकारवाला संघ संस्था, वडामा रहेका सबै टोल विकास संस्था, क्लव, सहकारी, समुह, विद्यालय र वडावासी सवै सहयोगी हातहरुलाई धन्यवाददिन चाहन्छु । आगमीदिनमापनि यसै गरि सहयोग र सहकार्यको अपेक्षाहुने विश्वास लिएको छु ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी