२०८१ मंसिर १२, बुधबार
दोधारा:
आसन्न स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडाहरुमा उम्मेदवार घोषणा गर्न थालेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको एक कार्यक्रममा आसन्न स्थानिय निर्वाचनमा वडा अध्यक्ष पदका युवा पुस्ताका नेता केशव खत्रीलाई औपचारिक घोषणा गरेको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले वडा सम्पर्क कार्यालय उद्धघाटनको अवसरमा युवा नेता केशव खत्रीलाई राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ देखि वडा अध्यक्ष उम्मेदवारको घोषणा संगै अग्रीम बधाई दिएका छन् । उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीका संस्थापक तथा पुर्व माननिय ईन्द्र बहादुर खत्रीका सुपुत्र हुन् । बाल्यकाल देखि घरबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको शिक्षा पाएका युवा उम्मेदवार केशव खत्री समाजमा राम्रो पहुच तथा शिष्ठ ब्यक्ती समेत मानिन्छ् । राष्ट्रिय प्रजातन्त्र पार्टी दोधारा चाँदनीमा नगर सदस्य पदमा रहेका नेता खत्रीको राजनितिक सुरुवातनै उनको घरबाट भएको उनि बताउछन् । वडा अध्यक्षको उम्मेदवार खत्रीले वडाका समग्र विकासका आफु योग्य भएको दाबी गरेका छन् । उम्मेदवारी घोषणा गर्दै नेता केशव खत्रीले भने, ‘दोधारा चाँदनी नगरपालिका वडा नं. ५ को समग्र विकासका लागि सबै भन्दा पहिला पवित्र मन, दृढ संकल्प, अर्जुन दृष्टि र व्यवहारिक रुपमै कार्यान्वयन गर्न दृढ ईच्छा शक्ति आवश्यक हुन्छ ।’ वडाबासीको साथ, समर्थन र सहयोग भएमा आफूले आगामी पाँच वर्षमा दोधारा चाँदनी नगरपालिका वडा नं. ५ लाई विकास र समृद्ध संगै आमूल परिवर्तन ल्याउने अठोट रहेको योजना समेत सुनाए । उनले भने, ‘म हावादारी कुरा भन्दा पनि वडा नं. ५ लाई ५ वर्षमा विकास र समृद्धि सहित नमुना वडा बनाउछु ।’ उनले अघि थप्दै भने, ‘वडा नं. ५ लाई स्मार्ट वडाको सपना पूरा गर्नका लागि आफ्नो सम्पूर्ण शक्ती लगाउनेछु ।’ दोधारा चाँदनी नगरपालिका वडा नं. ५ मा जनप्रतिनिधीबाट नितिगत भ्रष्टाचारले जनता रुष्ठ भएको कारण समेत युवाको नेतृत्व आवश्यकता रहेकोले आफूलाई यसपाली सहयोग गर्न सबै संग अपिल समेत गरे । दोधारा चाँदनी नगरपालिकाको अरु वडाहरुको तुलनामा धार्मिक, सांस्कृतिक, पर्यटकीय र आर्थिक रुपले सम्भावना रहेको हुदा, वडा भित्र निर्वाचित जनप्रतिनिधिहरुको अदुरदर्शिता र कार्य क्षमताको अभावमा वडा भित्र रहेका प्रचुर स्रोत साधनलाई उचित परिचालन गर्न नसक्दा वडा नं ५ का जनताले विकासको अनुभूति हाल सम्म गर्न नपाएको उम्मेदवार खत्रीले बताएका छन् । ‘यस पल्टको निर्वाचनमा मैले वडा अध्यक्ष पदमा उम्मेदवार रहेको कारण वडाका आम मतदाताहरुले चुनाव चिन्ह हलोमा मतदान गरी वडा अध्यक्ष पदमा अत्यधिक बहुमतले बिजय बनाउनु हुनेनै छ भन्ने अपेक्षा लिएको छु’ उम्मेदवार केशव खत्रीले भने– ‘म एक युवा सिर्जनसिल मात्र होईन् । म भित्र वडा भित्र रहेका प्रत्येक समस्याहरु संग परिचित छु । वडाका समस्याहरुलाई सरल तरिकावाट समाधान गर्ने ईच्छा मात्र होईन । विज्ञ तथा प्राविधिक समुहहरुको सल्लाह सुझाव लिई प्रविधीयुक्त नमुना वडाको रुपमा विकास गर्ने क्षमता समेत म राख्दछु । अहिले मैले गरेका प्रतिवद्धताहरु प्रत्येक मतदाताले मेरो प्रतिवद्धता–पत्र लिई वडा कार्यालयमा समाधान खोज्न सक्नु हुने छ् । निरन्तर र विस्तृत रुपमा र निर्वाचन अबधीमा यहाँहरुको घर दैलो र सामुहिक कार्यक्रममा मेरा आफ्ना विस्तारित कार्य योजना प्रस्तुत गर्नेनै छु ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी