२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
जुवा खेल्ने क्रममा सशस्त्र प्रहरीले धम्क्याएको भन्दै कञ्चनपुरको दोधाराचाँदनीका एक युवा आत्महत्या गर्न रुखमा चढेका थिए । शनिबार साँझतिर दोधाराचाँदनी नगरपालिका १ चाँदनी पशुपति टोलका युवक अर्जुन नाथ रुखमा चढेका हुन ।
जुवा खेल्ने क्रममा सशस्त्र प्रहरीसंग विवाद भएकाले आवेसमा आएका ति युवक नाथ रुखमा चढेर आत्महत्याको प्रयास गरेका थिए । समयमै प्रहरी पुगेपछि नाथ आत्महत्या गर्नबाट पछि गरेका हुन ।
आत्महत्या गर्न रुख चढेका युवकको नेपाल प्रहरीले उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज भरतराज गिरीले घटना बारे प्रहरीलाई खबर गरे लगत्तै प्रहरीको टोलीले आधा घण्टामै उद्दार गरेको बताए । ‘हामीलाई साँझतिर सात साढे खबर आएको थिए, ‘उनले भने, ‘टोली त्यहाँ पुगेर आधा घण्टामै उद्दार गरेर फर्किएको हो ।’
ईप्रका दोधाराचाँदनीका इन्चार्ज गिरीले आत्महत्या गर्न रुख चढेका युवकको बिवाद प्रहरीसंग नभएको समेत स्पष्ट पारेका छन । केही अनलाईनमा प्रहरीसगको विवाद भनेर गलत समाचार छापिएको भन्दै उनले नेपाल प्रहरीसंग नभई सशस्त्र प्रहरीसंग विवाद भएको पुष्टी गरेका छन ।
बिओपी बैलबन्दका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक हरि बहादुर बस्नेतले ति युवकको कुनैपनि सशस्त्र प्रहरीसंग जुवा वा अन्य बारे विवाद नभएको बताए । ‘हामीसंग कुनै विवाद होईन, ति युवकले मपासे परेका थिए, समान्य सम्झाई बुझाई पठाए, ‘उनले भने, ‘सशस्त्र प्रहरीसंग जुवा खेल्ने क्रममा विवाद निराधार हो ।’ मपासे गरेका युवकलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले सम्झाई बुझाई गरेर घर परिवारको जिम्मा लगाएको उनले बताए ।
सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी गाँउका युवकसंग युवा खेल्नमा व्यस्थ रहेको भन्दै स्थानीयले बिरोध गरेका छन । सशस्त्र प्रहरीले जुवा खेल्नेकी सीमा सुरक्षा, सीमा अपराध तस्करी नियन्त्रण गर्ने भन्दै स्थानीयले सशस्त्रमाथि प्रशन गरिरहेका छन । स्थानीयले नाथ रुख चढ्नुको कारण बारे पत्ता लगाएर घटना सार्वजनिक गर्न माग अघि सारेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी