२०८१ मंसिर १२, बुधबार
भीमदत्त:
आशन्न स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको भीमदत्त नगरका तीन वडाबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार सर्वसम्मत भएका छन ।
माओवादी केन्द्रले वडाबाट नगरमा उम्मेदवार सिफारिस गर्ने क्रममा ३ वडाबाट सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस भएका हुन । नेकपा माओवादी केन्द्र भीमदत्त नगरका इन्चार्ज लोकराज जोशीले ३ बाट उपेन्द्र कुँवर, १० बाट तारा प्रशाद जोशी र १९ बाट जग्गु चौधरी सर्वसम्मत वडाध्यक्षका लागि सिफारिस भएको बताए । ‘अहिलेसम्म तीन वडाबाट सर्वसम्मत वडाध्यक्षका उम्मेदवार सिफारिस भएका छन, ‘इन्चार्ज जोशीले भने, ‘अन्य वडाहरुबाट समेत आँकाक्षी धेरै देखिएका छन, पाटीको मापदण्ड अनुरुप नगर कार्य समिति बैठकले टुङगो लगाउँछ ।’ माओवादी केन्द्र भीमदत्त नगरपालिकाले काँग्रेस लगायतका सत्ताधारी दलसंग गठबन्ध रुपमा चुनावमा सहभागि नहुने अवस्थामा एक्लै सहभागि हुनका लागि समेत तयारी गरिरहेको जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी