२०८१ मंसिर १२, बुधबार
नेकपा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य खेम भण्डारीले भीमदत्त नगरपालिकाका सम्वद्ध अधिकारीहरुलाई तत्काल निलम्बनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।
भण्डारीले महाकाली नदीको रोयल्टी ठेक्कामा राज्यकोषमा ३ करोड ३३ लाख रुपैयाँभन्दा धेरै नोक्सानी पुगाएको दावीसहित सोमबार हुलाकमार्फत् आयोगमा उजुरी दिएका छन् ।
उजुरीमा भणडारीले लेखेका छन् – आर्थिक वर्ष२०७७।०७८ को महाकाली नदी रोयल्टी ठेक्कामा भवानी कन्स्ट्रक्सनले मूअकबाहेक रु. ५,४०,००,०००।– मा ठेक्का कबोल गरेपनि नगरपालिकाले मूअकबाहेक ३,५२,६९,३७२।७० मा मात्रै सम्झौता गरेकोमा सो ठेकेदार कम्पनीले मूअकबाहेक जम्मा रु. २,७६,९७,४१६।९८ मात्र भुक्तान गरेपछि सो कम्पनीको बैंक ग्यारेन्टीसमेत फुकुवा गरेर राज्य कोषमा मूअकबाहेक रु. ३,३३,२२,५८३।– नोक्सानी गरेको देखिन्छ ।
भण्डारीले उजुरीमैं हालसालै कैलालीको मोहन्याल गाउँपालिकामा यस्तै प्रकृतिको नोक्सानी गरिएको खुलासा भएपछि आयोगले संलग्न सबैलाई तत्काल निलम्बन गरेको नजिरलाई आधार मानेर भीमदत्त नगरपालिकामा पनि कारवाही गरिदिन अनुरोध पनि गरेका छन् ।
यसअघि भण्डारीले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने नाममा भीमदत्त नगरपालिकाले एक करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको उजुरी दिएका थिए । उनको उजुरीपछि अख्तियार कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी