२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्यु प्रालिले रोजगारी दिन्छु भन्दै कञ्चनपुरका युवायुवतीलाई ठगी गरिरहेको पाईएको छ । कैलालीको भजनीमा मुख्य कार्यालय रहेको महुन्याल एजुकेशन एण्ड टेक्निकल ईन्स्टिच्यु प्रालि शाखा महेन्द्रनगरले युवा युवतीहरुलाई झुक्याएर ठगी गरिरहेको पाईएको हो ।
भीमदत्त नगरपालिका १८ पुष्पलाल चोकमा रहेको शाखाले बेरोजगार युवा युवतीलाई जागिर दिन्छु भन्दै तालिम दिने र फिल्ड खटाएर रोजगारी नदिएको भन्दै आफुहरुलाई ठगेको बताएका छन । पैशा तिरेर तालिम गरेर फिल्डमा खटिएका युवा युवती यतिबेला न घर न घाटका भएका छन ।
चर्को शुल्क अशुलेर तोकिएको समय भन्दा कम अवधि तालिम दिने र विभिन्न रोजगार सीपमुलक तालिमका लागि ग्राहक खोज्नका लागि गाँउ गाँउमा पठाएर काम गर्न नसकेको भन्दै पैशा नदिएर श्रम शोषणा समेत गरिरहेको ठगिएकाहरुले बताएका छन ।
गाँउ गाँउमा तालिमका लागि फारम भर्न लगाएर न उनीहरुलाई तालिम न आफुहरुको पारिश्रमिक दिएको भन्दै पैशा फिर्ता गर्न दैनिक कार्यालय धाउने गरेका छन ।
भीमदत्त नगरपालिका १८ सालघारीकी किरण उराबले अफिसमै रोजगारी दिन्छु भन्दै समाजिक परिचालकको तालिम दिएको १० हजार ५ सय रुपैया लगेको तर, अहिलेसम्म रोजगारी नदिएको बताए । ‘मेरो भर्खरै विवाह भएको थियो, ‘यो संस्थाले उतिखेरै तालिम दिएर रोजगारी दिन्छु भन्ने सुचना जारी गरे अनुरुप मैले पनि तालिम लिएको हुँ, ‘उनले भनिन, ‘न काम दिने, न रोजगारी दियो ।’ विवाहमा आएका दक्षिणाका सबै पैसाले तालिम गरेपनि रोजगारी नदिएको उनले बताए । आफु जस्तै अन्य मानिस पनि ठगिएकाले अधिले विचल्लीमा परेको बताए । भीमदत्त नगरपालिका–१० तिल्केनीकी प्रेरणा बमले ७ दिन तालिम लिएपछि रोजगारी दिने आवश्वास दिएपनि अहिलेसम्म रोजगारी नदिएको बताईन ।
‘रोजगारी दिन्छौँ भन्दै त्यो संस्थाका कर्मचारीले आवेदन फारम लगाए, फारम भरेको ५ सय माग्यो, त्यसपछि तालिमका लागि १० हजार माग्यो,’ प्रेरणाले भनिन,‘१० हजार दिएर जागिर मिल्छ भनेपछि घरबाट पैसा मागेर तालिम लियौं तर रोजगारी दिएन ।’ ७ दिने तालिम भनेपनि ५ दिन मात्रै तालिम दिएर ठगेको उनले बताईन ।
‘सामाजिक सहजकर्तामा जागिर दिन्छौं भनेर तालिम दियो, तालिममा फारम कसरी भर्ने, गाउँका मान्छेसँग कसरी बोल्ने यी यस्तै विषयमा जानकारी दियो, उनले भनिन, ‘त्यसपछि फिल्डमा खटायो, करिब २ महिना काम ग¥यौं, अहिलेसम्म तलब दिएको छैन ।’ प्रेरणाले २ महिनामा १४ जनाको फारम भरेकी छन । ‘संस्थाले भने अनुसार सीपमूलक तालिम सिकाउँछौं भनेर १४ जनाको फारम भरेकी छुँ, ‘उनले भनिन, ‘प्रत्येक व्यक्तिबाट ५ सय रुपैयाँ लिएको थिए, त्यो सबै रकम संस्थामा दिए, यो संस्थाले उनीहरुलाई अहिलेसम्म तालिम दिएको छैन ।’
बेदकोट नगरपालिका–६ मुसेपानीकी शान्ति चौधरी सामाजिक सहजकर्ताको तालिम लिएकी हुन । शान्तिबाट पनि महुन्याल एजुकेशनले सामाजिक सहजकर्ताको तालिमका लागि १० हजार मागेको थियो । तालिम लिएपछि उनले सिलाईकटाई सम्बन्धि संस्थाले तालिम दिन्छ भनेर १३ जनाबाट पैसा उठाईन । त्यो सबै पैसा उनले संस्थालाई बुझाई सकेकी छन । ‘संस्थाले गाउँमा सिलाईकटाई सम्बन्धि तालिम दिन्छौं भनेर फारम भर्नु भन्यो, ‘ उनले भनिन, ‘त्यही अनुसार फारम भरेर पैसा संस्थालाई बुझाए । तर, संस्थाले उनीहरुलाई तालिम दिएको छैन ।’ उराव, चौधरी, बम जस्तै थुप्रै युवा युवती ठगिएका छन ।
महुन्याल एजुकेशन एण्ड टेक्निकल इन्स्टिच्यूट प्रालिले कसैलाई नठगेको दावि गरेको छ । प्रालि केन्द्रीय कार्यालय भजनीका प्रमुख अन्दाज बाब्लीले तालिम लिनेहरुको संख्या थोरै भएकाले तालिम दिन नसकेको बताए । ‘हामीहरुले ३०÷३५ जनालाई सामाजिक सहजकर्तामा नियुक्त गरेका हौं,’ उनले भने, ‘एक जनाको फारम भरेबाफत २ सय रुपैया दिन्छौं भनेका थियौं, उनीहरुले लक्ष्य अनुसार काम गर्न नसेकाले पैसा दिन सकेका छैनौं ।’
सामाजिक सहजकर्ताहरुले फारम भरेका व्यक्तिहरुलाई तालिम दिइने उनको भनाई छ । ‘केही समयपछि उनीहरुलाई तालिम दिन्छौं, ‘उनले भने, ‘फारम भर्नेहरु थोरै भएकाले तालिम दिन सकेका छैनौं ।’ ठगिएका युवायुवतीले पैशा फिर्ता नभए प्रहरीमा उजुरी दिने तयारी गरेका छन । संस्थाले विद्यार्थी सहित महिला युवा ठगेको भन्दै अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष कैलाशचन्द्र गिरीले रोजगारी दिने आश्वासन दिएर ठग्ने संस्थामाथि कार्बाहीको माग राखे । ‘बेरोजगारीको मौका छोपेर कसैलेपनि विद्यार्थी युवा कसैलाई ठग्न पाईदैन, ‘उनले भने, ‘यसबाट नेटवकिङ्ग व्यवसाय चलाएर एकातिर श्रमशोषण अर्कातिर ठगी धन्दा चलाएको छ ।’ अनेरास्ववियु कञ्चनपुरका युवा नेता रबिन नाथले नेटवकीङ्ग विधिबाट ठगी धन्दा चलाएकाले संस्थामाथि कार्बाही गर्नुपर्ने बताए । ‘यो विषयमा हामी एक पटक प्रशासन प्रहरीसंग छलफल गछौँ, ‘उनले भने, ‘सरकारी निकायबाट दोषिमाथि कार्बाही र पीडितमाथि कार्बाही नभए विद्यार्थीले ठगमाथि कार्बाही गर्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी