२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
भीमदत्त नगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदबार ईन्जिनियर कोमल बहादुर सिह चुनावी एजेण्डा लिएर घरदैलो गरिरहेका छन । गत चैत्रमै मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका सिहले अहिले जनताको घरदैलोमा गईरहेका हुन ।
सिहले आफ्ना चुनावी एजेण्डा लिएर घरदैलोमा जुटेका छन । ‘म आफ्ना एजेण्डा लिएर जनताको घर घरमा गईरहेको छु, ‘उनले भने, ‘एक चरण पुरै वडामा पुगिसके बाँकी दोहो¥याएर पनि जान्छु ।’ जनताले आफ्ना एजेण्डाप्रति सकारात्मक भएको बताए । ‘म जतापनि जान्छु, उता दलहरुले देखेर वाक्क भएको पाए, ‘उनले भने, ‘सबैले मलाई अरुभन्दा भ्रष्टाचार नगर्ने ईन्जिनियर उम्मेदवार भन्दै आफुप्रति आकर्षित भएका छन ।’ सिहले उम्मेदवारी घोषणा गर्दै २५ बुँदे प्रतिबद्धता पत्र समेत घोषणा गरेका छन । उनले राजनीतिक दलबाट निर्वाचित मेयरले गर्न चाहेपनि नसक्ने बताए ।
दार्चुलाबाट कञ्चनपुर महेन्द्रनगर आएका सिहले राजनीतिक दलबाट निर्वाचित मेयरबाट नगरको दिगो विकास र सम्बृद्धि नहुने भएकाले आफुले स्वतन्त्र उम्मेदवारी दिएको बताए । सिहले भीमदत्त नगरपालिकालाई डिजिटलसिटी बनाउने घोषणा गरेका छन । ‘म यो भीमदत्त नगरपालिकालाई मेयर जितेसंगै पुरै डिजिटल सिटी बनाउँछु, ‘उनले भने, ‘अब परम्परागत रुपमा बजार चल्दैन, प्रविधि समेत भित्र्राउनुपर्छ ।’ सिभिल ईन्जिनियर गरेका सिह झण्डै अढाई दशक कतारमा रहेर काम गरेर फर्किएका थिए । ‘मैले मेरो सीप र श्रम कतारमा भौतिक निर्माण क्षेत्रमा प्रयोग गरेको थिए, ‘उनले भने, ‘अब स्वदेशमै गएर काम गर्नुपर्छ, भन्ने लागेपछि घर फर्किएर होटल व्यवसायमा जुटेको छु ।’ आफ्नो उम्मेदवार विशुद्ध विकासका लागि भएको दावि गर्दै सिहले नगरमा हुने संस्थागत भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता जाहेर गरे ।
सिहले घोषणा गरेको प्रतिबद्धता पत्रमा आफु भीमदत्त नगरपालिकाको कार्यकारी भएसंगै अनुशासित रुपमा पारदर्शी काम गर्ने, छाडा पशु नियन्त्रण गर्ने, ढल निकास गर्ने, सरकारी विद्यालयमा गुणस्तरिय शिक्षा, पर्यटक स्थलको पहिचान गरी देशव्यापी प्रचार गर्ने, कृषि क्षेत्रमा युवालाई सीपमुलुक तालिम दिने, नगरको एकिृकत फोहोर व्यवस्थापन गर्ने, सुकुमबासी, आरक्षपीडितको उचित व्यवस्थापन गर्ने , स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै विशेषज्ञ सेवालाई आधुनिकीकरण गर्ने, खानेपानी विद्युती विस्तार गर्ने घोषणा गरेका छन । नगर क्षेत्रमा ठेक्का लिएर काम अलपत्र छाड्ने ठेकेदारमाथि कार्बाही गर्ने, लागु पदार्थ सेवन तथा बेच्ने गिरोहमाथि कार्बाही, भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती नगरबासीलाई हैरानी गर्नेमाथि कार्बाही चेतावनी समेत घोषणा गरेका छन । वडाको समस्या पहिचान गरेर समाधान गर्ने, खेलकुद शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिने बताएका छन ।
‘सधै कोरा भाषण गर्ने खादा ओढ्ने तथा आमुल्य समय बर्बाद गरी नगरको विकासमा ध्यान नदिने प्रथा जरैदेखि उत्ख्नन गर्छु, ‘सिहले भने, ‘नगरपालिकालाई स्वच्छ तथा सम्बृद्धि बनाउँदै रचनात्मक परिमाणमुखी काम गर्छु ।’ हलो मेयर कार्यक्रम सचालन गरेर जनताका जनगुनासा सम्बोधन गर्दै जनतालाई उच्चतम सेवा सुविधा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी