२०८१ मंसिर १२, बुधबार
दोधारा । दोधारा चाँदनीका एक बिपन्न घरपरिवारलाई प्रधानध्यापक पदम बहादुर सिंहले सिलिण्डर ग्यास सहित चुल्हा प्रदान गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ४ बस्ने आर्थिक अवस्था निकै दैनिय रहेका सिमा धामीलाई एक थान सिलिण्डर ग्यास सहित चुल्हा मालिका आधारभुत बिद्यालयका प्रधानध्यापक पदम बहादुर सिंहले उपलब्ध गराएका हुन् । आज सिमाको घरमै पुगेर प्रधानध्यापक सिंहले ऊक्त सामग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यत्रममा नेकपा एमालेका नेता किशोर कुमार लिम्बु, स्थानिय बिर सिंह ठगुन्ना, तेज सिंह धामी लगाएको उपस्थिती रहेको थियो । सिमाको घरमा उनि र उनका आमा दुरपती धामी बस्दै आएका छन् । आमाको मानसिक अवस्था राम्रो नभएको अवस्थामा सिमाले घर चलाउन समस्या पर्दै आएका बताएका छन् । सिमा झण्डै १७ वर्षका छिन् । मानसिक सन्तुलन ठिक नभएका आमाको स्याहार सुसार सहित सबै काम आफै गर्नु पर्ने हुदा उनलाई घर चलाउन निकै सकस भएको उनि बताउछन् । घरको चुल्हा जलाउन नजिकै रहेको सडकको छेउ छाउमा दाउरा खोज्नु पर्ने बाध्यता हटेको सिमाले बताएका छन् । ‘पदम सरले हामीलाई सहयोग गरेर निकै ठुलो गुन लगाउनुभएको छ्’ सिमा धामीले भनिन् । सिमा धामी चुल्हा जलाउनको लागी निकै भौतरिरहेको अवस्थामा प्रधानध्यापक पदम बहादुर सिंहले सहयोग गरेकोमा स्थानियहरुले खुलेरै प्रशंसा गरेका छन् । पदम बहादुर सिंहले सिमा धामीको आर्थिक अवस्था निकै दैनिय रहेको कारण चुल्हा जलाउन निकै सकस भएको अवस्थामा आफुले एक थान सिलिण्डर ग्यास सहित चुल्हा दिन आवश्यक रहेको ठानेर सहयोग गरेको बताएका छन् । बिभिन्न संघ संस्था मार्फत सहयोग लिएर प्रधानध्यापक पदम बहादुर सिंहले गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्दै आएका छन् । प्रधानध्यापक सिंह हिमालय मध्यवर्ती उपभोक्ता समिति चाँदनीका अध्यक्ष पदमा रहेका छन् । उक्त उपभोक्ता समिति मार्फत समेत पिडामा सिमा जस्तै धेरैलाई सहयोग गर्दै आएको स्थानियहरु बताउछन् । आफ्नो हज्रु बुवा कालु सिंहको प्रेरणाका कारण समाजमा रहेका आर्थिक पिडामा छटपटाई रहेको स्थानियहरुलाई सहयोग गर्दै आएको उनले बताएका छन् । पञ्चायती कालमा साबिकको चाँदनी गाबिसका ३ पटक प्रधानपञ्च रहेका प्रधानध्यापक सिंहका हजुर बुवा कालु सिंहले बिभिन्न सामाजिक कार्य गरेका स्थानियहरु बताउछन् । कालु सिंहकै पालामा चाँदनी खेल मैदानको जग्गा साबिकको चाँदनी गाबिसको नाउमा कायम राखिएको प्रधानध्यापक पदम बहादुर सिंहले बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी