२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
पटक पटक नेपाली भूमिमाथि हस्तक्षेप गर्दै आएको भारतीय पक्षले फेरी कञ्चनपुरको दक्षिणी वैवाह सीमा क्षेत्रमा हस्तक्षेप गरेको छ । बेलडाँडी गाँउपालिका ३ वैवाहका नेपाली किसान मानसिह नेपालीले आफ्नै जमिनमा तारबार लगाउँदा भारतीय पक्षबाट अवरोध भएको छ ।
नेपाल–भारत सीमा पिलर ७८५ क्षेत्रमा पर्ने नेपाली किसानको जमिनमा तारबार लगाउँद भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको हो । बेलडाँडी गाँउपालिका ४वैवाहका युवा दिलु शर्माले भारतीय पक्षबाट नेपाली किसानले आफ्नै जमिनमा बस्तुभाउबाट खेतीपाती जोगाउन तारबार लगाउँदा भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले अवरोध गरेको बताए । उनले आफ्नै जमिनमा तारबार लगाउँदा समेत भारतीय पक्षबाट अनावश्यक हस्तक्षेप गरिएको बताए ।
बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरीले उक्त जमिन बषौँदेखि नेपाली नागरिक मानसिह नेपालीले उपभोग गर्दै आएको र अहिले तारबार लगाउनेक्रममा भारतीय पक्षबाट हटाउन दवाव गरेपछि नेपाली पक्षबाट तारबार उखेलिदिएको बताए । ‘०७६सालअघि मानसिह नेपालीको खेतमा पिलर थिएन, ‘वडाध्यक्ष चौधरीले भने, ‘यो पिलर पहिले नालापारी थियो, संयुक्त सर्वे टोलीले उनकै खेतमा गाडिदिए, अहिले खेतीपातीका लागि तारबार गर्दा भारतीय पक्षबाट अवरोध आएर नेपाली पक्षबाटै तारबार उखेलिदिएको छ ।’ यस विषयमा कञ्चनपुर प्रशासनसंग छलफल गरिने अध्यक्ष चौधरीले बताए । ‘पहिलो दिन मोटरसाईकलमा दुई एसएसबी आएर यो अन्र्तराष्ट्रिय मामला हो, भन्दै फर्किए, दोस्रो दिन पनि एसएसबी सहित सशस्त्र प्रहरी आए एसएसबीले अन्र्तराष्ट्रिय मामला भन्दै थिए, सशस्त्र प्रहरीले उखेलिदिए ।’
जमिनधनी मानसिह नेपालीले एकातिर बस्तुभाउको समस्या अर्कातिर अन्र्तराष्ट्रिय सीमा भएकाले आफु मारमा परेको बताएका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम प्रशाद पाण्डेको आदेशमा सशस्त्र प्रहरीले तारबार हटाएको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल ३५नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक अमर बहादुर ऐरले नेपाली नागरिकले सीमा पिलर नेपाल तर्फ पार्ने गरि तारबार लगाएकाले भारतीय पक्षले हटाउन दवाव दिएको बताए । ‘त्यो जमिन पहिल्यैदेखि नेपाली किसानले कमाई आएका रहेछन, ‘उनले भने, ‘सीमा क्षेत्रमा जहाँ जसले कमाई खाएका छन, खान दिने हो, सीमा पिलर भित्र पार्ने गरि तारबार नै लगाएपछि भारतीय पक्षले हटाउन निरन्तर दवाव दिदै आयो ।’ स्थानीयले भारतीय रबैया र सीमा अतिक्रमण गर्नका लागि आफ्नै जमिनमा समेत काम गर्दा अवरोध गरेको भन्दै भारतीय कदमको भत्र्सना गरेका छन ।
फोटो क्याप्सन ः कञ्चनपुरको बेलडाँडी गाँउपालिका ३वैवाहमा नेपाली किसान मानसिह नेपालीले आफ्नो खेतमा तारबार लगाउँदा भारतीय पक्षको अवरोध
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी