२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
आशन्न स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले बेलडाँडीबाट उप प्रमुखका लागि शान्ति नाथलाई पनि सिफारिस गरेको छ । काँग्रेस कञ्चनपुरकी सकृय महिला नेतृ शान्ति गाँउ उपप्रमुखका लागि प्रबल दाबेदार रहेकी छिन ।
झण्डै दुई दशक बढिदेखि काँग्रेस राजनीतिमा होमिएकी शान्तिले यस पटक उप प्रमुखका लागि आँकाक्षा राखेकी हुन । नेवि संघ इकाई अध्यक्षबाट काँग्रेसी राजनीतिमा होमिएकी शान्ति अहिले महिला संघ जिल्ला सदस्य छिन । नेपाल महिला संघ कञ्चनपुर जिल्ला सदस्य रहेकी शान्ति बेलडाँडीकी चर्चित समाजसेवीका रुपमा चिन्छिन ।
शान्तिको घरमा असाहयदेखि विभिन्न प्रकृतिका पीडित नागरिक रातदिन आएर आफ्ना समस्या समाधानका लागि अनुनय विनय गर्दै आएका छन । नेवि संघबाट राजनीतिक यात्रा गरेकी शान्ति तरुण दल, काँग्रेस क्षेत्रीय समिति, महाधिवेशन उम्मेदवार हुँदै निरन्तर राजनीतिक यात्रामा होमिएकी छिन ।
दर्जनौँ महिला संघ संगठनमा आबद्ध शान्तिले काँग्रेसी राजनीतिक गरेपनि आफुले विभेद नगरेको दावि गर्दै आएकी छिन ।
जनता र काँग्रेसी नेता कार्यकर्तामाँझ चर्चित रहेकी शान्ति नवदुर्गा महिला कल्याण सघकी अध्यक्ष, महिला पारालिक सदस्य, लैङ्गिक हिन्सा न्यूनिकरण सञ्जालकी सदस्य, मानव बेचबिखन तथा ओसारपोसार नियन्त्रण समितिमा आबद्ध छिन । हिन्सामा परेका महिलाको उद्दार, पीडितलाई न्यायका लागि असाहयलाई सहयोग गर्न अहोरात्री खटिदै आएकी छिन ।
बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक एव सर्पदङ उपचार, सीमा सुरक्षा विकास निर्माण एव सरकारी निकायबाट हुने गैर कानुनी गतिबिधी बिरुद्धमा संघर्ष गर्दै आएकी शान्तिले कोराना महामारीका बेलामा समेत आफ्नै निजी लगानीमा गाँउका विद्यालयमा स्वास्थ्य सुरक्षामा समाग्री वितरण गरेकी थिईन ।
उनले उपमेयरमा आफ्नो दावि गाँउका महिलाको उद्दार, स्वास्थ्य सुधार एव विकास निर्माणका लागि भएको दावि गरेकी छिन ।
‘मेरो प्राथमिकमा गर्भवती, सुत्केरी महिला हुन्छन, उनीहरु ज्यान जोखिममा हुँदा, यातायात पुर्ण निःशुल्क हुन्छ, ‘उनले भनिन, ‘सुत्केरी गराउन अस्पताल लैजादा र घर जाँदा यातायात पुर्ण निःशुल्क गर्छु ।’
गाँउघरमै क्लिनिक स्थानपना, सामुदायिक विद्यालयको स्तर बृद्धिका लागि निजी शिक्षक गाँउपालिका अन्तरगत ल्याउने, आरक्षपीडित भूमिहिन अति विपन्न परिवारका लागि राहत कार्यक्रम ल्याउने बताईन । काँग्रेस पाटीमा राम्रो प्रभाव भएकाले उनले आफ्नै पक्षमा पाटीले मुल्याङ्गगन गर्ने बताईन ।काँग्रेसले उपमेयरका लागि शान्तिलाई अघि सारेसंगै गाँउका महिला हर्षित भएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी