२०८१ मंसिर १२, बुधबार
दोधारा । दोधारा चाँदनीमा श्रीमान, श्रीमती एउटै पदको उम्मेदवारको लागी दाबी गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ७ मा नेपाली काग्रेंसको तर्फ देखि कमला उपाध्याय र नेकपा एमालेको तर्फ देखि उनका श्रीमान संदिप उपाध्यायले वडा सदस्य पदको उम्मेदवारमा दाबी गरेका छन् । वडाको समग्र बिकासको लागी वडा सदस्यको उम्मेदवारको लागी दुबैको दाबी गर्दै आएका छन् । नेकपा एमालेको तर्फ देखि वडा सदस्यमा उम्मेदवारीको दाबी गरेका संदिप उपाध्यायले वडालाई आधुनिक वडा बनाउने आफ्नो लक्ष्य रहेको बताएका छन् । स्थानिय तहमा आर्थिक हिनामिनाको कुरा बढी सुन्ने गरेको हुदा वडामा हुने भ्रष्टाचारको निर्मुलीकरणको आफ्नो अहम योगदान हुनेमा आफुले बिश्वास लिएको संदिप उपाध्यायले बिश्वास लिएका छन् । श्रीमान श्रीमती एउटै वडामा त्यसैमा एउटै पदमा किन प्रश्नमा संदिप उपाध्यायले आ–आफ्नो बिचारको कारण यसो भएको बताउछन् । उता नेपाली काग्रेंसका तर्फ देखि दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को वडा सदस्य पदका उम्मेदवारको दाबी गर्दै आएका कमला उपाध्याय पनि टिकट आफ्नो पोल्टामा राखेर बाजी मार्ने चक्करमा घरदैलो अभियानमा कुदेका छन् । वडा सदस्यको दाबी गर्दै आएका कमला उपाध्यायले वडा रहेका गरिब तथा बिपन्नहरुको उद्धारको लागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा सामाजिक कार्यमा सक्रिय रहदै आएका काग्रेंसका नेत्री नेपाल रेडक्रस सोसाईटी दोधारा उपशाखामा रहेर कोरोना संक्रमणको बेला मानवियक कार्य गरेका थिए । नेपाली काग्रेंस संघिय क्षेत्र नं. ३ (ख) का क्षेत्रिय सदस्य रहेका नेत्री कमला उपाध्याय् यस अघि नेपाली काग्रेंस दोधारा चाँदनीका नगरकार्यसमितिका सदस्य रहेका थिए । ५ वर्षमा वडा देखिएका असन्तुष्टी तथा जनप्रतिनिधीहरुले गर्दै आएका आफ्नोलाई पोस्ने कार्यको रोक्नु पर्ने कमला उपाध्यायले बताएका छन् । वडामा श्रीमान श्रीतीको वडा सदस्यमा पदमा देखिएको घम्साघम्सीमा कस्ले बाजी मार्ला त्यो त हेर्न भने बाँकीनै छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी