२०८१ मंसिर १२, बुधबार
आशन्न स्थानीय तहको चुनावका लागि नेकपा एकीकृत समाजवादी पाटीबाट कृष्णपुर नगरपालिका मेयरका लागि युवा नेता सुरेन्द्र बम सिफारिस भएका छन । नेकपा एकीकृत समाजवादी पाटी कृष्णपुर नगर कमिटिले मेयरका लागि युवा नेता बमलाई सिफारिस गरेको हो ।
समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य समेत रहेको कञ्चनपुरका युवा नेता बमलाई मेयरका लागि अघि सारिएको उक्त पार्टीले जनाएको छ ।
झण्डै दुई दशकदेखि राजनीतिमा सकृय बम सहित दुई जना मेयर र पाँच उप मेयरका लागि सिफारिस भएका छन । मेयरका लागि बम सहित जगदिश भट्ट, उप मेयरका लागि कमला थापा(पाण्डे), कुवेर सिह, मञ्जु नेपाली, राधा चौधरी जयन्ती केसी(बोहरा) सिफारिस भएका छन । मेयरका लागि बम बलिया र प्रबल दाबेदार उम्मेदवारका रुपमा अघि सारिएका छन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापित परिवारको पुर्नस्थापनाका लागि आयोगका अध्यक्ष समेत रहेका बम समाजसेवी एव विभिन्न संघ संस्थामा आबद्ध छन । बमले झण्डै ६ बर्ष अघि पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्तरगत कृष्णपुर नगरपालिका २वाणिमा निःशुल्क खानेपानीको प्रबन्ध गरेका छन ।
कञ्चनपुरका समाजसेवीका रुपमा परिचत बमलाई अन्य पार्टी एव जनताको समेत साथ सर्मथन रहेको छ । बम आयोगले विस्थापितका लागि ल्याएको प्रति परिवार १० कट्टा जमिन वा ६० लाख मुआब्जा दिने प्रतिवेदन कार्यान्वयन गरेर बमले जसलिने भन्दै प्रतिवेदन कार्यान्वयन नगरिएको पीडितको बुझाई छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी