२०८१ मंसिर ९, आईतबार
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ नम्बर वडाका जनप्रतिनिधीले पाँच बर्षमा उपलब्धी सार्वजनिक गरेको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै शुक्लाफाँटा नगरपालिका २का जनप्रतिनिधीले पाँच बर्षमा परेका उपलब्धी सार्वजनिक गरेहो ।
पाँच बर्ष अघि जनप्रतिनिधी नहुँदाको सडक र अहिले थुप्रै परिर्वतन भएको वडा कार्यालयले जनाएको छ । शुक्लाफाँटा नगरपालिका २ का वडाध्यक्ष शिवराज पनेरुले जनप्रतिनिधीको पाँच बर्षे कार्यकालमा वडाको मुहारैै फेरिएको बताए ।
वडाध्यक्ष पनेरुले वडाको संस्थागत विकास तर्फ उन्मुख भएको बताए । उनले आफुहरु निर्वाचित हुनु अगाडी वडामा रहेका सडकमा समान्य ग्राभिलसम्म नभएको बताउदै अहिले सबै सडक स्तरबृद्धि गरिएको बताए । ‘हाम्रो वडामा सडकको बेहाल अवस्था थियो, ‘उनले भने, ‘एक गाँउ टोलबाट अर्को टोल गाँउमा जान समेत समस्या हुन्थ्यो, अहिले त्यो हटेर गएको छ ।’
वडाभरी बाह्यी चक्र्रपथ निर्माणका लागि झण्डै १०किलोमिटर सडक कालोपत्रेका लागि डिपिआर बनाईएको बताउदै उनले अहिले साढे ३मिटर कालोपत्रे गरिएको बताए । सबै सडक स्तरबृद्धि गरिएका छन ।
वडादेखि महेन्द्रराजमार्ग, बेलौरी कलुवापुर सडक पहुँचमार्ग विस्तार भएका छन । ३किलोमिटर नयाँ सडक विस्तार गरिएका छन । शहिदका नामबाट सडकको नामाकरण गरिएको छ ।
सुनबरा, स्याली, सितैला खोला नदीमा पक्की पुल निर्माण भएका छन । ‘यहाँका नदी खोलामा काठमा पुल थिए, ‘अध्यक्ष पनेरुले भने, ‘ति सबै पुल विस्थापित गरेर अहिले पक्की पुल निर्माण गरिएका छन ।’ आकासे पानीको भरमा सिँचाई गर्दै आएका किसानलाई सिँचाई सुविधा उपलब्ध गराईएको छ । डिपडुबेलदेखि साना सिँचाईका दर्जनौँ आयोजना लागु भएका छन । किसानलाई विभिन्न तालिम, बिउबिजनदेखि प्रविधिमा समेत सहयोग गरिएको छ । कृषि उत्पादन बृद्धिका लागि वडाले थप कार्यक्रम संचालन गरेको छ ।
कटानीको उच्च जोखिमा रहेको वडामा विभिन्न स्थानमा झण्डै डेढ किलोमिटर तटबन्ध निर्माण गरि खेतीयोग्य भूमि संरक्षण गरिएको छ । जोखिमयुक्त स्थानमा सौर्यबती जडान गरिएका छन ।
वडाका नागरिकको स्वास्थ्य पहुँचका लागि आधारभूत स्वास्थ्य केन्द्रबाट स्वास्थ्य सेवा विस्तार भएको छ । वडाका कार्यरत महिला स्वास्थ्य स्वयमसेवीकालाई थप हौसला प्रदानका लागि कार्यक्रम संचालन गरिएको छ । सामुदायिक वनको विकासका लागि बृक्षारोपण गरिएको छ ।
एक मात्र विद्यालय रहेको वडामा स्तरबृद्धि गरिएको छ । ‘विद्यालयमा कार्यरत बाल विकास र निजी शिक्षकलाई पहिल्यै वडाबाट थप पारिश्रमिक उपलब्ध गराएका थिए, ‘अध्यक्ष पनेरुले भने, ‘अहिले सरकारले समेत बाल विकासका शिक्षकको पारिश्रमिक उपलब्ध गराएको छ ।’
वडाका विपन्न, गरिब दलित, महिला, अपाङ्ग, शहिद परिवारलाई विभिन्न सीपमुलुक तालिम दिएर उनीहरुलाई स्वरोजगारतर्फ उन्मुख गराईएको छ । गाँउमा खानेपानीका लागि डिपिआर तयार गरिएको बताउँदै अध्यक्ष पनेरुले उक्त योजना समेत छिट्टै अघि बढ्ने बताए । वडाबाट स्तरिय सेवा सुविधा प्रदानका लागि अढाई तले वडा भवन अन्तिम चरणमा पुगेको छ ।
‘हामीले चुनावका बेला जनतासंग गरेका ९० प्रतिशत बाचा पुरा भएका छन, ‘अध्यक्ष पनेरुले भने, ‘कोरोना महामारीले योजना अनुरुप बजेट नहुँदा केही योजना अघि बढाउन सकेन ।’ जनताको साथसर्मथन सरोकारवाला पक्षको सहयोग, जनप्रतिनिधी एकजुट कर्मचारीको सकृयाका कारण वडाको एकिकृत विकास गर्न सकिएको अध्यक्ष पनेरुको भनाई छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी