२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
जनता समाजवादी पाटी कञ्चनपुरको सिङ्गो टिम नेकपा माओवादी केन्द्रमा समाहित भएको छ ।
बिहीबार माओवादी केन्द्रले कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना गरेको क्रान्तिकारी पाटी एकिकरण तथा पाटी प्रवेस कार्यक्रममा जसपा कञ्चनपुरको टिम माओवादी केन्द्रमा समाहित भएको हो ।
जसपा कञ्चनपुरका अध्यक्ष प्रेम धानुक सहितको जसपा जिल्लाको टिम माओवादी केन्द्रमा समाहित भएको नेकपा माओवादी नेतृ माया नेगीले बताईन । उनका अनुसार जसपा जिल्लाको सिङ्गो टिम माओवादीमा समाहित एकिकृत भएसंगै कञ्चनपुरमा जसपा लगभग सुन्यको अवस्थामा पुगेको बताईन । जसपा जिल्ला अध्यक्ष धानुक सहित २४जना माओवादी केन्द्रमा प्रवेस गरेका हुन । जिल्ला सचिव बलराम राना, प्रदेश सदस्य राजेन्द्र प्रशाद भट्ट, शंकर भट्ट, मञ्जु भट्ट, मन्जु चौधरी, रमेश कुमाल, जिल्ला सदस्य फगेरा बोहरा, धन ब. चतारो भीनपा अध्यक्ष, जिल्ला सदस्य डम्बरी गहतराज, पुष्कर कुँवर युवाका केन्द्रीय सदस्य, द्वारिका कुँवर महिला केन्द्रीय सदस्य, विष्ने बोहरा जिल्ला सदस्य, भीमदत्त नगर सदस्यहरु कल्पना सुनार, राजु सुनार, भावना सुनार बिरेन्द्र ओखेडा, अर्जुन भट्ट, सुरज सुनार, उसा सुनार, सरिता टमाटा, प्रकास चदारो, नरेश विश्वकर्मा, लक्ष्मण सुनाह र बैतडी जिल्ला सदस्य धन ब. धानुक सहित जसपा सुप प्रदेशबाट सयौँ नेता कार्यकर्ता प्रवेस गरेका छन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ंले पाटी प्रवेस गर्नेहरुलाई टिका लगाएर स्वागत गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी