२०८१ मंसिर १२, बुधबार
गठबन्धन चुनाव जित्नका लागि होईन, संविधान रक्षाका लागि हो ः कमान इन्चार्ज लम्साल
नेकपा माओवादी केन्द्रले कञ्चनपुरमा चुनाव प्रचार प्रसारका लागि नेताहरुलाई जिम्मेबारी दिएको छ । माओवादी केन्द्र कञ्चनपुर क्षेत्र ३ कमानले स्थानीय तहको चुनाव प्रचार प्रसारका लागि नेताहरुलाई जिम्मेबारी दिएको हो ।
शनिबार माओवादी केन्द्र कञ्चनपुर क्षेत्र ३ कमानले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै चुनावका पाटीका एजेण्डा जनतामा लैजानका लागि कार्य विभाजन गरेको जनाएको छ । क्षेत्र नम्बर ३अन्र्तरगत पर्ने भीमदत्त र दोधाराचाँदनी नगरपालिकामा प्रचारप्रसारका लागि नेताहरुलार्ई जिम्मेबारी दिएको छ । दोधाराचाँदनी नगरपालिकामा भरत भट्ट र भीमदत्त नगरपालिकामा लोकराज जोशीलाई प्रचारप्रसारको जिम्मेबारी दिईएको छ । प्रशासनसग नियमित सम्र्पकदेखि केही कानुनी जटिलता आए सम्पर्क गर्नका लागि नेता देवेन्द्र ढुङगानालाई जिम्मेबारी दिईएको छ । उम्मेदवारको खर्च मितव्ययी बनाउनका लागि बिरेन्द्र साउदलाई आर्थिक समिति र दुवै पालिकाका स्थानीय समस्या समाधान सम्बोधन गर्नका लागि बिरेन्द्र भट्टको संयोजकत्वमा घोषणा पत्र निर्माणको जिम्मेबारी दिईएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा क्षेत्र ३ का कमान इन्चार्ज लोकेन्द्र लम्सालले चुनावमा जनताको घरदैलोसम्म पार्टीका एजेण्डा, गठबन्धन बारे स्पष्ट बुझाउनुपर्ने बताए । ‘अहिलेकोे गठबन्धन चुनाव जित्नका लागि होईन, ‘लम्सालले भने, ‘संविधान मिच्ने प्रतिगमन बिरुद्धमो गठबन्धन हो, यसलाई पाँचै सत्ताधारी पार्टीले जनतालाई बुझाउनुपर्छ ।’ चुनाव जित्नकै लागि अन्य पार्टीसंग समेत गठबन्धन गर्दा हुने बताउदै माओवादी केन्द्रीय सदस्य लम्सालले चुनाव जित्ने भन्दा पनि संविधान रक्षा गर्नका लागि भएको बताए ।
‘सविधानको मुल मर्म अनुरुप पाँचै दल सत्तामा छन, ‘उनले भने, ‘संविधान रक्षाका लागि हामीले गठबन्धन गरेका हौँ ।’ अन्तिम अवस्थासम्म गठबन्धन हुने प्रयासमा नेताहरु रहेको बताउदै उनले गठबन्धन नभएको खण्डमा माओवादी एक्लै भएपनि चुनावी मैदानमा जाने बताए । माओवादी नेता लम्सालले कञ्चनपुरको दोधाराचाँदनी नगरपालिकामा सुख्खा बन्दरगाह निर्माणको एजेण्डा माओवादीले नै ल्याएर एक पटक माओवादीलाई नेतृत्वमा ल्याउनुपर्ने धारणा राखे । ‘जसले एजेण्डा ल्यायो, उसैलाई स्थानीय एव राष्ट्रिय चुनावमा जनताले साथ दिदा थप संस्थागत विकास हुन्छ, ‘उनले भने, ‘दोधाराचाँदनीमा बनाउने भनिएको सुख्खा बन्दरगाह निर्माणमा माओवादीले ल्याएको एजेण्डा अरुले अघि बढाउन चाहदैनन, त्यही भएर उक्त योजना ओझेलमा परेको छ, यस पटक दोधाराचाँदनीका जनता माओवादीकै पक्षमा देखिएका छन ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी