२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयन दर्ताका लागि आइतबार र सोमबार दुई दिन समय निर्धारण गरेको छ । पहिलो दिन ठुला राजनीतिक दल (काँग्रेस, एमाले, माओवादी, समाजवादी)ले कञ्चनपुरमा उम्मेदवारी दर्ता गराएका छैनन ।
ठुला दलको उम्मेदवारहरु नै नटुङगिएकाले उम्मेदवारी दोस्रो दिन (सोमबार) नै दर्ता हुने देखिएको छ । पहिलो दिन साना दल एव स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराईरहेका छन ।
भीमदत्त नगरको मेयरका लागि ईन्जिनियर कोमल बहादुर सिहले छलियानाच, पञ्चेबाजागाजा सहित उम्मेदवारी दर्ता गराएका छन । सिहले आफ्नो चुनाव प्रचारप्रसार सचिवालय भीमदत्त नगरपालिका १८ महेन्द्रनगर बजारदेखि निर्वाचन अधिकृतको कार्यालसम्म छलियानाच, पञ्चेबाजागाजा याली निकालेर उम्मेदवारी दर्ता गराएका हुन । स्वतन्त्र उम्मेदवार सिहले भ्रष्टाचार निर्मुल पार्ने एजेण्डा अघि सारेका छन ।
स्वतन्त्रमा सिहसंगै कञ्चनपुरका ९ वटै पालिकामा उम्मेदबारी दर्ता काम शुरु भईरहेको छ । ‘पहिलो दिन भिडभाँड कम छ, ठुला दलका नेता कार्यक्र्ता आएका छैनन, ‘एक निर्वाचन अधिकृतले भने, ‘दोस्रो दिन भिड बढि हुने देखिएको छ ।’ कञ्चनपुरमा ९ पालिका सहित ९२ वडाका लागि ४ सय ७८ जनप्रतिनिधीका चुनिनेछन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी