२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
कञ्चनपुरको झलारीमा नेकपा एमालेका नेता संसद चढेको गाडीले ठक्करले दिदा दुई युवक घाईते भएका छन । आइतबार दिउँसोतिर एमालेका संसद त्रय निरुदेवी पाल, नर बहादुर धामी, दिपक प्रकास भट्ट सहितका एमाले नेता एव संसद चढेको गाडीले ठक्कर दिदा कञ्चनपुरका दुई युवक घाईते भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज ज्ञानेन्द्र बहादुर सिहले एमाले नेता संसद चढेको बा एबी १३७६ नम्बरको स्कारपियोको ठक्करबाट म२प ९९६१ नम्बरको मोटरसाईकलमा सवार बेदकोट नगरपालिका ९ सुन्दरपुरका राज कुमार राना र करन राना घाईते भएको बताए । घाईतेहरुको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको उनले बताए । स्थानीयले एमाले संसदको गाडीबाट नागरिक ठक्करबाट घाईते हुँदा समेत चालक फारर हुनुले कतै कुनै संसद वा नेताले गाडी चलाएको भन्दै सत्यतथ्य छानबिन गरेर दोषि उपर कार्बाही र घाईतेको उपचार गर्नुपर्नेमा जोडदिएका छन । स्थानीय पदम सिहले जब संसद, नेता चढेको गाडीबाट चालक फरार हुनु शंस्कापद भएको भन्दै यो घटनामा प्रहरीले ठुलालाई ऐन सानालाई चैन गरेको बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी