२०८१ मंसिर १२, बुधबार
दोधारा:
दोधारा चाँदनीमा नेपाली काग्रेंसको रुष्ठ समुहले सम्पर्क कार्यालय बन्द गरेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. २ हुनैनाथ टोल स्थित रहेको नेपाली काग्रेंसको सम्पर्क कार्यालय बन्द गरेको नेपाली काग्रेंस दोधारा चाँदनी–२ का क्रियाशिल सदस्यहहरुले जानकारी दिएका छन् । केही दिन अघि मात्रै स्थानिय निर्वाचनलाई लक्षित गर्दै दोधारा चाँदनीको वडा नं. २ मा पार्टीको सम्पर्क कार्यालय स्थापना गरिएको थियो । नेपाली काग्रेंस कञ्चनपुर जिल्ला कार्यसमितिले आज बिहान वडाको उम्मेदवारको टिकट बाँडफाँट पछि वडाका नेपाली काग्रेंसका क्रियाशिल सदस्यहरुले आपत्ती जनाउदै वडा सम्पर्क कार्यालयमा पार्टीको कुनै गतिबिधी नहुने गरि बन्द गरिएको नोपली काग्रेंसका क्रियाशिल सदस्य राजेन्द्र साँउद बताएका छन् । राजेन्द्र साँउद २०३६ साल देखि नेपाली काग्रेंसमा आबद्ध रही पार्टीमा काम गर्दै आएका हुन् । टिकट बाँडफाँडमा लामो समय देखि पार्टीमा रही त्याग तपस्या गरेका नेता तथा कार्यकर्ताहरुलाई पन्छ्याएर मनमर्जी तथा एकलौटी तवरले टिकट दिने काम भएको भन्दै आपत्ती जनाउदै आज देखि सम्पर्क कार्यालय बन्द गरि उनिहरु बिरोधमा उत्रेका हुन् । पार्टीमा रहेका नेता तथा कार्यकर्ताहरुको मर्म नबुझेर पहुँचको आधारमा वडामा टिकट बितरण गरेको बिरोध गर्दै स्थानिय निर्वाचमा मौन बस्ने समेत पार्टी पंक्तीलाई चेतावनी दिएका छन् । नेपाली काग्रेंसका क्रियाशिल सदस्य देबेन्द्र सिंह नायकले केही दिन भित्र वडामा रहेका नेपाली काग्रेंसका क्रियाशिल सदस्यले सामुहिक राजिनामा दिने तयारी भईरहेको समेत बताएका छन् । काग्रेंसले सो वडामा वडा अध्यक्षमा धनसार चन्द, सदस्यमा द्रोपती सुनार, मनकला खनाल पुजारा, कमान सिंह धामी र महाबिर धामीलाई टिकट दिएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी