२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
टिकटको लाईनमा रहेका तर, अन्तिममा पाटीबाट टिकट नपाएका वडाध्यक्षदेखि उपप्रमुख र प्रमुखका लागि बाँगी उम्मेदवारी दर्ता गराएका छन ।
काँग्रेसबाट भीमदत्त नगरको उप प्रमुखका लागि प्रबल दाबेदार रहेकी नितु भट्टले बागी उम्मेदवारी दर्ता गराएकी छिन । काँग्रेसबाट निलम लेखकलाई पार्टीले टिकट दिएको थियो । उप प्रमुखमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएकी नितु भट्टले आफुमाथि घात भएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताईन । काँग्रेसबाटै भीमदत्त नगरपालिका ४को वडाअध्यक्षमा कैलाश चन्दले पनि उम्मेदवारी दिएका छन । भने १०बाट सदस्यमा प्रकास भट्टले उम्मेदवारी दर्ता गराएका छन । चन्द र भट्टले पार्टीले उचित मुल्याङ्गकन नगरेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन । काँग्रेसका कृष्ण प्रशाद जोशीले दोधाराचाँदनी ५बाट वडाध्यक्षमा बागी उम्मेदवारी दर्ता गराएका छन । काँग्रेसका नेता पुष्पकमल पण्डितले उपप्रमुखमा बागी उम्मेदवारी दिएका छन । पुष्पराज जोशी, ले भीनपा ३बाट वडाध्यक्षका लागि बागी दिएका छन ।
एमालेबाट भीमदत्त नगरपालिका १० बाट दिनेश विष्ट र १८ बाट प्रशान्त भट्टले बागी उम्मेदवारी दर्ता गराएका छन । एमालेबाटै बेलौरी नगरपालिका ९ को वडाध्यक्षमा बलदेव भट्टले पनि बागी उम्मेदवारी दर्ता गराएका छन । बेलडाँडीमा काँग्रेसबाट पुष्पकमल पण्डितले उपप्रमुखमा उम्मेदवारी दिएका छन ।
शुक्लाफाँटा नगरमा माओवादी केन्द्रबाट १ को वडाध्यक्षमा नवराज अवस्थी, ४ बिर बहादुर भण्डारी, ८ तिलक जप्रेल र ११ दान सिह बोहराले बागी दिएका छन । उनीहरुले आफुहरु आधिकारिक भएको दावि गरेका छन । बेलडाँडीमा एमालेबाट दिपेन्द्र सिह धामी र भोज पाण्डेले २ र १मा मनोज बोहराले वडाध्यक्षमा बागी दिएका छन । माओवादीबाट मिन बहादुर शाहले १ र जनकराज गिरीले ३बाट बागि उम्मेदवारी दिएका छन । बाँगी उम्मेदवार उठेकाहरुले आफुहरु स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन । भने उनीहरुका पाटीहरुले व्यक्तिको स्वतन्त्र अधिकार भएको बताउँदै फिर्ता गराईने बताएका छन । दोधाराचाँदनीबाट तत्तकालिन माअोवादी सचिव भीम कुमाल सहितको समुहले समेत बागी उम्मेदवारी दिएको छ । काँग्रेसबाट दोधाराचाँदनी मेयरका लागि कृष्ण प्रशाद जोशी, धन बहादुर शाही उप मेयरमा उम्मेदवारी दिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी