२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
देशमा लोकतान्त्रिक गणतन्त्र आइसकेको यतिको समय बितिसक्दा समेत देशबासी जनताले लोकतान्त्रिक पद्धतिको आभास गर्न पाएनन । केही समय अगाडि मात्रै कंचनपुर जिल्लामै धामी झाक्रीको उपचार पद्धतिबाट एक महिलाले आफ्नो ज्यानै गुमाउनु परेको उदाहरण भोगेकै बेला देशको नीति बनाउने अर्थात स्थानिय निकाय संचालनको लागी आफ्नो उम्मेदवारी दर्ता गराउनको लागी मन्दिरमा गइ कसम खादै स्थानिय तहको लागी उम्मेदवारी समेत देख्न पाइयो ।
स्थानिय निर्वाचन-२०७९ को उम्मेदवारी दर्ता गराउनु पुर्व राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो उम्मेदवारलाई स्थानिय एक मन्दिरमा लगेर कसम खुवाएको थियो । मन्दिरमा कसम खाइसकेपछी भष्ट्राचार गर्दैनौ , मुलुकलाई राम्रो दिशामा लगेर अगाडि बढछौ भन्ने पार्टीलाई कसम नखाएर आफ्नो पार्टीका उम्मेदवारहरुमा विश्वास नभएको हो वा जनता माझ मत संकलन गर्ने बहाना मात्रै हुन , आउदा दिनमा हेर्न बाकी नै रहेको छ ?
राजनितीकर्मीले आज सम्म दिनमा बोलेका कुरा पूरा हुने भए आज हामी सिङ्गापुर जस्तो विकसित नेपालको जनता हुने समय आइसकेको होइन र ? उम्मेदवारी दर्ता गर्दा आफुले गरेका वाचा कसमहरु आज भन्दा अगाडीका जन निर्वाचित नेताहरुले कत्तिको पूरा गरेका छन र कतिलाइ ती खाएका कसमहरु लागेका छन भन्ने यस पुर्व नै देखिसकेको अवस्था समेत हो ।
जनताले आफ्नो प्रतिनिधि आफैले चुन्ने र मतको प्रयोग गरेर आफ्नो क्षेत्रको लागी उचित व्यक्ती छान्ने बेलामा आफुले मत दिन उम्मेदवार कति सम्मको छ भन्ने बुज्नु जरुरी छ ।
तपाईंहरुकै मत प्रयोग सहि होस र समाजले योग्य नेतृत्व पाओस भन्ने हेतुले हामी निरन्तर रुपमा समाजमा अलग्गै पहिचान बोकी देखिएका र वास्तविक परिचय अलग भएका सबैको परिचय ल्याएर आउनेछौ ।
समाचार पढिसकेपछी प्रतिक्रिया दिन नबिर्सिनु होला ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी