२०८१ मंसिर १२, बुधबार
दोधारा:
दोधारा चाँदनीमा निर्वाचनको मुखमा टिकट बाँडफाँडमा असन्तुष्टी जनाउदै सयुक्तरुपमा राजिनामा पेश गरेका छन् । आज अबेर साँझ नेपाली काग्रेंसको पार्टी कार्यालय चाँदनीमा नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्ललाई टिकट बाँडफाँडको बिषयलाई लिएर गम्भिर असन्तसन्तुष्टी जनाउदै दोधारा चाँदनी नगरपालिका वडा नं. २ मा रहेका नेफाली काग्रेंसका क्रियाशिल सदस्यहरुले सयुत्त राजिनामा पेश गरेको काग्रेंसका नेता देबेन्द्र सिंह नायकले जनाएका छन् ।
पार्टीको बिधीबिद्यान र कार्यकर्ताको मर्मको मुल्यांकन नगरि हचुवाको भरमा टिकट बितरण गरेर संगठनलाई धरासायी गर्न खोजेको भन्दै वडामा रहेका ५७ जना क्रियाशिल कार्यकर्ताहरुले नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सभापती राजेन्द्र मल्ललाई राजिनामा पेश गरेका हुन् ।
रुष्ट समुहले हिजो वडामा रहेको पार्टीको सम्पर्क कार्यालय समेत बन्द गरि राजनितिक गतिबिधी ठप्प पारेका थिए । बिगत लामो समय देखि पार्टीमा त्याग तपस्या गर्दै आएका नेता तथा कार्यकर्ताको मुल्यांकन समेत नगरि नताबाद कृपाबादले टिकट बितरण गरेको उनिहरुले आरोप लगाएका छन् । ‘बिद्यार्थी जिवन देखि पार्टीमा सर्मपित रहेर काम गर्दै आएकाहरुको मुल्यांकन नगरि पार्टीको मर्म बिपरित निर्णय गरिएको हाम्रो ठहर छ्’ नेता देबेन्द्र सिंह नायकले बताए । ‘प्रस्तुत बिषय सम्बन्धमा घोषित स्थानिय निर्वाचन आउदो ३० गतेका लागी नेपाली काग्रेंस क्षेत्रिय कार्य समिति र केही उच्च पदस्थ नेताहरुको ईसारा क्षेत्र नं. ३ का सम्बन्धीत पालिकाहरुमा टिकट बितरणमा महत्वपुर्ण योगदान पुर्याएको ईमान्दार कार्यकर्ताहरुलाई फाखा लगाई केवल शक्ती र ब्यत्तीगत स्वार्थका आधारमा कार्यकर्ताहरुलाई कुनै पनि आधारमा मुल्यांकन नभई आसन्न स्थानिय तहका निर्वाचनमा उम्मेदवार घोषणा गरेको प्रति हाम्रो गम्भिर ध्यानआकर्षण भएको छ् । पार्टीको यस किसिमको गैर जिम्मेवारी निर्णय प्रति गम्भिर आपत्ती प्रकट गर्दै पार्टीको साधारण सदस्य समेत नरहने गरि सयुक्तरुपमा पार्टी परित्याग गरेको घोषणा गर्दछौ’ नगर सभापतीलाई पेश गरिएको राजिनामा पत्रमा उल्लेख छ् । उक्त राजिनामाको बोधार्थ नेपाली काग्रेंस जिल्ला कार्य समिति कञ्चनपुर र केन्द्रिय कार्यसमिति सदस्य रमेश लेखकलाई राखिएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी