२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
नेपाली काँग्रेस कञ्चनपुरको बेदकोट नगरपालिकामा बिद्रोह भएको छ । पाटीमा लामो समयदेखि काम गरेका ईमान्दार नेता कार्यकर्ताहरुको टिकट खोएिको भन्दै नेता कार्यकर्ता बिद्रोहमा उत्रिएका छन ।
ठुला नेताहरुले आफु निकट गोजीका मान्छे, आफन्तलाई टिकट दिएर वास्तविक काँग्रेस नेता कार्यकर्तामाथि घात गरेकाले भन्दै दर्जनौँ नेता कार्यकर्ताले राजिनामा दिएका छन ।
काँग्रेस नेता कार्यकर्ताहरुले टिकट वितरणमा आफन्तवाद, नातावाद भएको भन्दै राजिनामा दिएका हुन । कृष्ण प्रशाद भट्ट, भरत रोकाया, करन पाल, प्रदिप पाल, जय बहादुर विष्ट सहितका दर्जनौँ नेता कार्यकर्ताले बेदकोट नगर सभापति तुलाराम शाहुलाई राजिनामा बुझाएका छन ।
बेदकोट नगरपालिका ९ का वडाध्यक्षका प्रत्यासी भरत बहादुर रोकायाले पार्टीका केही नेताका कारण आफ्नो टिकट खोजिएको बताए । ‘मेरो चरित्र हत्या गर्ने काम भयो, ‘उनले भने, ‘शुरुमा मेरो नाम हाल्यो त्यसपछि हटायो ।’ अहिले क्रियाशिल ७५ जनाले राजिनामा दिए, अब दिने क्रम जारी रहेको बताए । नेपाली काँग्रेस बेदकोट नगरपालिका ८ का वडाध्यक्ष दौलत सिह विष्टले पाटीले घात गरेको भन्दै असन्तुष्ट जनाए । ‘हामीले सिफारिस गरेका भन्दा फरक व्यक्तिलाई टिकट दिने काम भएको छ, ‘उनले भने, ‘यो सरसर गलत भएको छ, अब यस विषयमा थप छलफल गछौँ ।’ बेदकोट नगरपालिकामा काँग्रेसले ८ र ९ नम्बर वडामा पहिल्यै गासमा ढुङगा भएको छ । उक्त वडाहरुका स्थानीय नेता कार्यकर्ताहरुले आफुहरुमा घात भएकाले काँग्रेसका सबै उम्मेदवारलाई सहयोग नगर्ने घोषणा गरिरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी