२०८१ मंसिर १२, बुधबार
राष्ट्रिय प्रजातन्त्र पार्टीले कंचनपुरको भिमदत्तनगरमा पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरेको छ ।
भिमदत्तनगर पालिकाको प्रमुख , उपप्रमुख सहित १९ वटै वडाका वडाध्यक्षका उम्मेदवारहरु उपस्थित गराउदै सबैका साझा तथा वडागत एजेण्डाहरु पत्रकारहरु माझ राखेका थिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सह-प्रवक्ता पूर्ण बहादुर चन्द सहित उपस्थिती रहेको उक्त पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आफुले जितेको स्थानिय पालिकामा उच्च शिक्षा सम्म आफुहरुले निशुल्क उपलब्ध गराउने तथा प्रत्येक स्थानिय तहलाई नशामुक्त स्थानिय तहमा परिणत गर्ने हुदा हुँदै समेत आफुहरुका एजेण्डा जनतामा पुग्न नसकेकोमा आफुहरु मिडियाको क्षेत्रमा अलिकती पछाडी परेको महशुस गरेको बढिजसो उम्मेदवारहरुको भनाइ समेत रहेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले भिमदत्त नगरपालिकाको सबै जसो वडाहरुमा आफ्नो उम्मेदवारहरु खडा गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलेको भन्दा शसक्त पार्टी भइ जनता माझ देखिएको पाइन्छ । अन्य पार्टीहरुले टिकटकै किचिलो मिलाउन नसकेको र पार्टीको उम्मेदवार छनौटको विषयलाई लिएर बढिजसो स्थानिय तहमा समेत आन्तरिक रुपमै असन्तुष्टी रहेको समेत पाइन्छ ।
भिमदत्त नगरपालिकाका प्रमुखका उम्मेदवार समेत रहेका गजेन्द्र बहादुर चन्दले छाडा चौपायाको रुपमा विकराल समस्या उत्पन्न भएको र हिन्दु धर्मावलम्बीले पुजा गर्नु पर्ने गाई मातालाइ जथाभावी रुपमा सडक छेउछाउमा लखेटि रहेको समस्यालाई आफुले सर्वप्रथम समाधान गर्ने समेत जानकारी गराएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी