२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
१६ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा माओवादीका केही नेताहरुले दिएको स्वतन्त्र उम्मेदवार फिर्ता भएकोछ । मेयरका लागि लोकेन्द्र ऐरीले दिएको उम्मेवारी फिर्ता भएको हो । ऐरीसंगै १ बाट वडाध्यक्षका लागि उम्मेदवारी दिएका नवराज अवस्थी, ८ बाट तिलक जप्रेल र ११ बाट दान बहादुर बोहराको उम्मेदवारी फिर्ता भएको छ । लोकेन्द्र ऐरीले उम्मेदवारी फिर्ता लिदै माओवादीबाट मेयरका युवा नेता नवराज ऐरलाई जिताएरै छाड्ने घोषणा गरेका छन । टिकटमा नमिलेपछि केही माओवादी नेताहरुले स्वतन्त्र उम्मेदवारी दिएका छन । तर, अन्तत पार्टीलाई जिताउन र प्रतिगम परास्थ पार्न एकजुट भएर माओवादीबाट मेयरका उम्मेदवार नवराज ऐर सहितका माओवादी र समाजवादीका सम्पूर्ण उम्मेदवारलाई जिताउन स्वतन्त्र उम्मेदवारी फिर्ता भएको बताएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी