२०८१ मंसिर १२, बुधबार
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरेर प्रचारप्रसार तीव्र बनाएका छन्; आ-आफ्नो चुनावी घोषणापत्र लिएर मतदातामाझ गइरहेका छन् । नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले ६ महानगरपालिका र ११
उपमहानगरपालिकामा तालमेल गरेर उम्मेदवारी दिएको छ।
नेकपा एमालेले पनि ठाउँअनुसार एकल र विभिन्न दलसँग तालमेल गरेर उम्मेदवारी दिएको छ ।
कंचनपुर जिल्लामा समेत विभिन्न स्थानिय तहमा निर्वाचनको तयारीमा दलहरु जुटिसकेका छन । आफुले स्थानिय तहको लागी यस्तो कामहरु गर्ने भन्दै उम्मेदवारहरु घोषणापत्र बोकेर गाउँ-गाउँमा घरदैलो कार्यक्रममा व्यस्त छन ।
यस्तै कंचनपुर जिल्लाकै बेलैारि नगरपालिका वडा न ४ का निवर्तमानमा अध्यक्ष र हालका वडा अध्यक्षका उमेदवार अर्जुन ढकाल ले आफ्नो एजेन्डामा केही फरक विचार ल्याएर जनताहरु माझ पुगेका छन । उनले बेलौरी नगरपालिका वडा न ०४ का वडाबासीहरुलाई २० युनिट विद्युत महसुल नि शुल्क गराउने तथा वडाबासी गर्भवति महिलाहरुको लागी एम्बुलेन्स सेवा निशुल्क गर्ने घाेषणा आफ्नो एजेन्डा मार्फत ल्याएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी