२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
कञ्चनपुरको भीमदत्त नगरपालिका प्रमुख पदका लागि ईन्जिनियर कोमल बहादुर सिहले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन ।
ईन्जिनियर पढेका सिहले भीमदत्त नगरपालिकालाई भ्रष्टाचार मुक्त नगरपालिका बनाउने एजेण्डा लिएर चुनावी मैदानमा होमिएका हुन ।
सिहले आफ्नो उम्मेदवार भ्रष्टाचार बिरुद्धमा रहेको बताएका छन । उनले कर्मचारी भ्रष्टाचारमा लिप्त भएकाले जितेका जनप्रतिनिधीलार्ई समेत भ्रष्टाचार गर्न सिकाउने भएकाले दिगो विकास र सम्बृद्धिका लागि भ्रष्टाचारमुक्त गराउनुपर्ने बताए । ‘म मेयर भएपछि शुरुमै सुशासन कायम गर्छु, न घुस खान्छु न खान दिन्छु, ‘उनले भने, ‘आफु मेयर भएपछि पुरै पालिकाको मुहार फेर्छु ।’ सिभिल ईन्जिनियर अध्ययन गरेका सिह होटल व्यवसायी हुन उनले योजनामा संस्थागत हुने भ्रष्टाचारमा पुरै बन्देज लगाउने एजेण्डा अघि सार्दै जनताको घरदैलोमा गईरहेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी