२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
कञ्चनपुरका तीन क्रसर उद्योग बन्द गराईएको छ । गैर कानुनी रुपमा संचालित रहेको भन्दै जिल्ला अनुगमन समितिले बन्द गराएको हो । उक्त क्रसर उद्योग बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेपछि अख्तियारले छानबिन गरेको थियो । मापदण्ड विपरित गैर कानुनी रुपमा संचालनमा रहेका तीनै उद्योग बन्द गराईएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख राम बहादुर कुरुवाङले अख्तियारमा परेको उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयमा पत्र पठाएको बताए । उनका अनुसार दोधाराचाँदनी नगरपालिका ३मा रहेको बासुलिङ्ग कन्सक्ट्रन प्रालि, बेदकोट नगरपालिका ३को बेदकोट निर्माण समाग्री केन्द्र र कृष्णपुर नगरपालिका ५ गुलरियामा रहेको महाकाली गौरब विल्डर्स क्रसर उद्योग विद्युत लाईन काटेर बन्द गराईएको हो ।
‘हामीलाई गैर कानुनी रुपमा राजस्व छलिरहेका छन, भन्दै उजुरी परेको थियो, ‘अख्तियार प्रमुख कुरुवाङले भने, ‘अख्तियारले त्यस्ता उद्योगमाथि कार्बाही गर्न प्रशासनलाई पत्राचार गरेको हो, त्यसपछि जिल्ला अनुगमन समितिले अनुगमन गरेर गैर कानुनी ठहर गर्दै बन्द गराएको छ ।’
अख्तियार प्रमुख कुरुवाङका अनुसार बेदकोट प्रशोधन केन्द्र बिना आईईस संचालनमा रहेको र बासुलिङ्ग र महाकाली गौरब बिल्डर्स आयोजना सकिएपनि संचालनमा रहेकाले बन्द गराईएको छ । ‘बन्द गराईएका तीनै उद्योगको राजस्व छलीबारे आन्तरिक राजस्व कार्यालयले हेरिरहेको छ, ‘उनले भने,‘अहिले अनुगमन समितिले गैर कानुनी ठहर गर्दै प्रारम्भिक चरणमा विद्युत लाईन काटेको छ ।’ गैर कानुनी रुपमा क्रसर उद्योग संचालन बारे पटक पटक आवाज उठाउँदा समेत पहिलो पटक अख्तियार सहितका निकायको सयुक्त समन्वयमा गैर अवैध रुपमा मापदण्ड विपरित संचालनमा रहेका क्रसर उद्योग बन्द गराईएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी