२०८१ मंसिर १२, बुधबार
कञ्चनपुर:
आशन्न ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिका २ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रले फेरी डम्बर कार्की(डिके)लाई अघि सारेको छ । पाँच बर्षे पहिलो कार्यकालमा जनपक्षीय काम गरेको मुल्याङकन गरेर माओवादीले फेरी यस पटक पनि वडाध्यक्षमा डिकेलाई नै अघि सारेको हो । डिकेले वडाको दिगो विकासका थुप्रै योजना सम्पन्न गरेर चर्चा कमाएको भन्दै यस पटक पनि पाटीले कार्कीलाई उम्मेदवारका रुपमा अघि सारेको छ ।
माओवादी केन्द्रका वडाध्यक्षमा उम्मेदवार डिके कार्कीले अधुरा योजना पुरा गर्नका लागि आफु पुन उम्मेदवार बनेको बताए । ‘मेरो कार्यकालमा थुप्रै योजना सम्पन्न भएका छन, केही अन्तिम चरणमा पुगेका छन । केही अधुरा छन, ‘उनले भने, ‘हाम्रो कार्यकालमा अघि बढेका योजना पुरा सम्पन्न गर्नका लागि वडामा मेरो नै नेतृत्व चाहिन्छ ।’
कार्कीले पुन आफ्ना चुनावी एजेण्डा लिएर जनताको घरदैलोमा गईरहेका छन । गुरु योजना अनुरुप काम गर्छु, रिङ्गोरोड विस्तार, कृषिमा आत्मनिर्भर, कटानी डुवान क्षेत्रमा तटबन्ध निर्माण, लागु औषध नियन्त्रण, शिक्षा स्वास्थ्य, खानेपानी, महिला, युवा, दलित सहित सबै क्षेत्रमा विकास गर्छु । घर घरमा समाजिक सुरक्षा भत्ता वितरण गर्ने एजेण्डा अघि सारेका छन ।
सुशासनदेखि जनताको जनजिविकास सवालमा काम गर्ने प्रतिबद्धता जाहेर गर्दै पुन एक पटक जिम्मेबारी दिन आग्रह गर्दै आएका छन । शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि सिँचाई, संचार, विद्युत, खेलकुद, पर्यटन लगायतको विकासमा योजना अघि सारेर वडालाई नमुना वडा बनाउने बताउँदै कार्कीले दिगो विकास र सम्बृद्धिका योजना लागु गर्ने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी