२०८१ मंसिर १२, बुधबार
दोधारा:
दोधारा चाँदनी नगरपालिकामा नेपाली काग्रेस, नेकपा एमाले, राप्रपा, स्वतन्त्र उम्मेवार, नेकपा माओबादी लगाएत दलहरुले घरदैलो कार्यक्रम संचालन गर्दै आएको छ् । आउदो बैशाख ३० गते हुन गईरहेको स्थानिय निर्वाचनमा आफ्नो पोल्टमा धेरै भन्दा धेरै मत कसरी पार्ने होडमा सबै दलका उम्मेदवारमा कस्सा कस्सी चलिरहेको छ् । यसै क्रममा दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा राष्ट्रिय प्रजातन्त्र फार्टीले वडामा घरदैलो कार्यक्रमलाई सशत्त बनाएको छ् । उनिहरुले वडामा रहेको प्रत्येक घरधुरीमा पुगेर राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिन्ह हलोमा मत दिन अनुरोध गर्दै हिडेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फ देखि दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा वडाध्यक्ष पदका उम्म्देवारमा बिक्रम चन्द रहेका छन् । उनि सभ्य तथा सालिन ब्यक्ती मानिन्छ् । यस पटक आफ्नो वडामा बहुमतले आफु र आफ्नो टिम बिजय हुनेमा वडाध्यक्षका उम्मेदवार चन्द ढुक्क भएको बताएका छन् । आफु वडाध्यक्षमा बिजय भए आफ्नो वडालाई समृद्ध बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन् । वडामा देखिएका बिकास निमार्णका काम, छाडा चौपाया ब्यवस्थापन, शिक्षा, स्वास्थ्य लगाएत थुप्रै काम नभएको बताउदै आफु र आफ्नो टिम बिजय भए वडाबासीलाई सन्तुष्ट हुने काम गर्ने बताएका छन् । वडालाई नमूना वडाको रुपमा विकास गर्ने योजना आफु संग रहेका भन्दै आफु वडाध्यक्षमा निर्वाचत भए कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, रोजगार र भौतिक संरचनाका कुरालाई प्राथमिकतामा राखेर काम गर्ने पनि आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोधारा चाँदनी नगरपालिका वडा नं. १ मा वडाध्यक्ष पदमा बिक्रम चन्द, सदस्यमा अशोक सिंह, लोकेन्द्र चन्द, मानसरी भट्ट र बिन्दु मौरलाई उम्मेवारी दिएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी