२०८१ मंसिर १२, बुधबार
दोधारा:
दोधारा चाँदनी नगरपालिकामा भिम कुमालले नेतृत्व गरेको स्वतन्त्र समुहका उम्मेदवारले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् । बैशाख ३० गते हुने स्थानिय निर्वाचनका लागी दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहको तर्फ देखि मेयर पदमा भिम कुमाल र उपमेयर पदमा पार्वती रानालाई उम्मेवार रहेका छन् । यस्तै वडागतरुपमा दोधारा चाँदनीको दश वटै वडामा वडाध्यक्ष सहित सदस्यहरु स्वतन्त्र समुहले उम्मेदवारी खडा गरेको छ् । दश वटै वडामा स्वतन्त्र समुहका उम्मेदवार तथा नेता कार्यकर्ताहरु भोट माग्न स्थानिय मतदाताको घरमा पुगेका छन् । स्वतन्त्र समुहको तर्फबाट मेयर पदका उम्मेदवार भिम कुमालले दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहका उम्मेदवारहरुले कैची चुनाव चिन्ह लिएर मतदाताको घरमा घरदैलो कार्यक्रमलाई थप तिब्रता दिएको बताएका छन् । नेकपा माओबादी केन्द्र लगाएत अन्य दलका असन्तुष्ट ब्यक्तीहरु स्वतन्त्र समुहमा आबद्ध भएका छन् । स्वतन्त्र समुह दोधारा चाँदनी–७ मा वडाध्यक्षका उम्मेदवार बिर बहादुर सुनारले वडामा स्वतन्त्र समुहका उम्मेदवारलाई जनताले खुबै मन पराएका बताएका छन् । ठुला भनिएका दलहरुबाट खिन्नताको कारण अहिले स्वतन्त्र समुहका आबद्ध हुने नेता तथा कार्यर्ताहरु बाक्लो भएको उनको भनाई रहेको छ् । ‘दोधारा चाँदनी नगरपालिका क्षेत्रमा स्वतन्त्र समुहका उम्मेदवारको गजबको उपस्थिती रहेको छ्’ दोधारा चाँदनी–७ का स्वतन्त्र समुहका तर्फका वडाध्यक्षका उम्मेदवार बिर बहादुर सुनारले भने । स्वतन्त्र समुहको वडा नं. १ मा प्रेम खत्री, वडा नं. २ मा भक्त सुनार, वडा नं. ३ मा भुपेन्द्र औजी, वडा नं. ४ मा धन बहादुर दमाई, वडा नं. ५ मा राम बहादुर सुनार, वडा नं. ६ मा भिम बहादुर कामी, वडा नं. ७ मा बिर बहादुर सुनार, वडा नं. ८ मा नर बहादुर सुनार, वडा नं. ९ मा शान्ता क्षेत्री र वडा नं. १० मा ईन्द्र बहादुर सुनारले वडाध्यक्ष पदमा उम्मेदवार रहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी