२०८१ मंसिर ९, आईतबार
स्थानिय निर्वाचन नजिकिदै गर्दा आफ्नो पार्टीका गतिविधीहरुले माओवादी केन्द्र फेरि एकपटक चर्चामा छाएको छ । माओवादी केन्द्रले मनपरी निर्णय लिने र आफ्नालाई मात्र अगाडि बढाउने पहिले नै उदारहणहरु जनता सामु देखिसकेका छन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो व्यक्तीगत राजनितीक स्वार्थमा नातावाद , कृपावाद , कुनै नीति नभएको पार्टी बनाइसकेको भन्दै माओवादी केन्द्रका केन्द्रिय लेखा आयोग सदस्य यज्ञराज कडेलले पश्चिम-आजलाई जानकारी दिएका छन ।
२०७९/०१/१७ गते नै यज्ञराज कडेलले माओवादी केन्द्रबाट विज्ञप्ती प्रकाशित गर्दै राजिनामा दिएका थिए । माओवादी केन्द्रले कडेललाइ विभिन्न प्रलोभन दिदै आफ्नो राजिनामा फिर्ता लिन दवाब दिए पनि कडेलले आफू कुनै पनि हिसाबमा माओवादी जस्तो नैतिकता नभएको पार्टीमा लागीनरहने भने पश्चात् नाटकिय रुपमा माओवादी केन्द्रले २०७९/०१/२१ गते विज्ञप्ती निकाल्दै पार्टीले कडेलले अनुशासन विपरित काम गरेको , पार्टी विरोधी गतिबिधीको समर्थन गरेको भन्दै कडेललाइ पार्टीले कार्बाही गरेको भनेको छ ।
माओवादी केन्द्रमा ४ दिन पहिले देखि नै कुनै सम्बन्ध नभएका कडेललाइ माओवादी केन्द्रले कार्बाही गरे भन्दै नाटक मन्चन गरेको समेत देखियो । पार्टी अध्यक्ष प्रचण्डको मनमानी ढंगका निर्णय र बेलौरीबाट निर्वाचित भएकी अध्यक्ष प्रचण्डकि बुहारी समेत रहेकी विना मगरको भ्रष्टाचार , व्यक्तीगत स्वार्थको पार्टीमा आफू मात्रै नभएर देश र जनताको लागी राजनिती गर्छु भन्ने जो कोहीले माओवादी पार्टी छोडनु पर्ने आजको आवश्यकता रहेको बताउछन , कडेल ।
कडेल राजनितीक रुपमा ज्यादै अब्बल नेताको रुपमा स्थापित नेताको रुपमा मानिन्छन । स्थानिय निर्वाचन र आउदा दिनहरुका निर्वाचनमा माओवादी केन्द्रलाई यस्तै कारणबाट भने ठूलो घाटा बेहोर्नु पर्ने समेत देखिएको छ ।
कडेलले पश्चिम-आज सङ्ग बोल्दै उदेश्य बिना र भष्ट्राचारी दलमा बसेर आफ्नो व्यक्तीगत स्वार्थ पूरा हुन सक्ला तर देश र जनताको कहिलेपनि भलो हुदैन । आजको दिनमा प्रचण्ड र तिनको परिवारको लागी चलेको माओवादी केन्द्रमा राष्ट्रियता भनेको एउटा परिवारको सेवा गर्नु उनीहरुले जे भन्यो त्यही सहि हो भन्नू भएको बताउदै कडेलले राजनितिक यात्रामा देश राष्ट्रको हितमा रहने , परिवारको लागी नभई देश र जनताको लागी मेरो जीवन आज बाट देशकै हितमा बोल्ने राष्ट्रवादी पार्टी ने क पा एमालेमा प्रवेश गर्ने बताए । कडेल सहित माओवादी र अन्य दलका गरी धेरै नेता , कार्यकर्ताहरु आज बेलौरीमा ने क पा एमालेका अध्यक्ष के.पी.शर्मा ओलीको हातबाट टीका लगाइ एमाले प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी