२०८१ मंसिर १२, बुधबार
कन्चनपुर को भीमदत्त नगरपालिका वडा नम्बर २ मा चुनावी माहोल गर्माएको छ । उम्मेदवारहरु घर–घरमा पुगेर मतदातालाई भेटेर मत माग्न व्यस्त छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अम्बा दत्त तिवारी वडा अध्यक्ष पदको उम्मेदवार छन् । चुनाव चिन्ह साइकल मा मत मागि रहेका तिवारी भन्छन् तिब्र गतिमा यहाँको विकास र व्यवस्थित हुुनुपर्ने थियो त्यो भएको छैन । मैले वडालाई व्यवस्थित रुपमा स्थापित गरेर नमुना वडा को रूप मा विकास को अवधारणामा अगाडि बढाउन आवश्यक आधारशिला को योजना बनाएका छु । अध्यक्ष पदमा निर्वाचित भएमा वडामा रहेका विकासमुखी हरेक समस्या खाका तयार गरि समस्या समाधान गर्ने किसानलाई सहजै मल खाद विउ विजन उपलब्ध गराउने हो । बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण गर्ने, युवा युवतीहरुलाई सिपमुलक तालिम दिएर दक्ष जनशक्ति उत्पादन गर्ने छु । वडालाई व्यवस्थित बनाएर संस्थागत विकास गर्दै प्रविधि सुहाउँदो सुचना प्रणालीको विकास गर्ने छु । नागरिकले पाउनुपर्ने आधारभूत सेवामा सबैको पहुँच अभिवृद्धि गर्ने छु । जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घर दैलोमा उपलब्ध गराउने छु ।
स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने कुरा मेरा प्रमुख प्राथमिकता हुनेछन् । मेरो पत्रकारिता क्षेत्रमा लामो समय देखि काम गरेको अनुभव छ । जिल्ला विकास समिति मा लामो समय योजना छनौट गरेको अनुभव छ । त्यस कारण
म प्रति व्यापक रुपमा जनलहर बढेको छ । अन्य पार्टीले उठाएका उम्मेदवार भन्दा म अब्बल भएका कारणले गर्दा वडामा चुनाव जित्ने निश्चित भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी