२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर:
कंचनपुर जिल्लाकै सदरमुकाम र प्रतिस्पर्धात्मक थलोको रुपमा रहेको भिमदत्त नगरपालिकामा समेत यो पाली प्रमुख तथा उपप्रमुखको पदमा ठुला दलहरु भन्दा राष्ट्रिय प्रजातन्त्र पार्टी सङ्ग जनलहर रहेको पाइएको छ ।
जिल्लाकै महत्वपुर्ण नगरपालिकाका रुपमा रहेका यहाँ पनि स्थानीय तहको निर्वाचनको रौनकता बढेको छ । उम्मेदवारहरु घरदैलौदेखि विभिन्न किसिमका सभाहरुमा व्यस्त छन् । आजमात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीले भिमदत्त नगरपालिका वडा नम्बर १०,१२ र १४ घरदैलो कार्यक्रम संचालन गरेको थियो उक्त कार्यक्रममा सयौंको संख्यामा मानिसहरूको उपस्थित रहेको उपप्रमुख पदकी उम्मेदवार हेलेन श्रेष्ठ बताउँछिन् l
समाजमा लामो समयदेखि सक्रिय भएकै कारण उनले उपमेयरको टिकट पाएको र समाजका लागि हरेक ठाउँमा सामाजिक कार्यहरुमा निस्वार्थ भावनाले समाजको सेवा गरेको बताइन् l
सामाजिक क्षेत्रमा गरेको काम र लामो समय समाजको सेवा गरेको हुदा देखाएको निश्पक्षताले नै आफु उपप्रमुख जित्ने उनको दावी छ ।
उनले नगरपालिकामा कक्षा १२ सम्म को पढाई निःशुल्क, कृषि उपज संकलन, एक घर एक रोजगारी, फोहोरमैला केन्द्र निर्माण, बजार क्षेत्रमा शौचालयको व्यवस्थापन, खानेपानीको व्यवस्थापन, ढल निकास, सुन्दर बजार को निर्माण,महिलालाई स्वरोजगार बनाउने लगायतका कार्यक्रम अघि सारेकी छिन् ।
नगर उपप्रमुखमा निर्वाचित भएपछि महिलाले पनि समाज र नगरपालिकाका लागि र नगरपालिकाको विकासकालागि , नगरपालिका हितका लागि काम गर्न सक्छन भन्ने उनको बनाई छ । यसपटक जनताले विश्वास गर्ने उनको आसा रहेको छ । जनताको माया र भरोसाका कारण बिहान छ देखि साँझ सम्म जनताकै घरदैलोमा भेटिन्छिन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले भिमदत्त नगरपालिकामा दिन दिनै घर दैलो कार्यक्रम समेत संचालन गरिरहेको छ । नगरपालिकामा रहेका विभिन्न वडाहरु बाट समेत राष्ट्रिय प्रजातन्त्र पार्टी लाई नै यसपाली प्रमुख तथा उपप्रमुखको जिम्मेवारी दिने भिमदत्त नगरबासीहरुको रहेको बुझिन्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी