२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरमा नमुना मतदान एव तदाता शिक्षा,स्थानीय निर्वाचनमा मानव अधिकार, लैगिंक समानता, समावेशिकरण र सशक्तिकरण बिषयक प्रशिक्षण कार्यक्रम गरिएको छ ।
भस्मदत्त नगरपालिका १८ र दोधाराचाँदनी नगरपालिका ७मा बास नेपालको आयोजनामा मतदाता शिक्षा,स्थानीय निर्वाचनमा मानव अधिकार, लैगिंक समानता, समावेशिकरण र सशक्तिकरण बिषयक प्रशिक्षण कार्यक्रम एव नमूना मतदान गरएको छ । बास नेपाल कञ्चनपुर जिल्ला शाखाका सचिव चक्र प्रसाद पन्त निर्वाचन शिक्षा र नमुना मतदान गरिएको बताए ।
नमुना मतदानमा भिमदत्त नगरपालिकाका ३६ जनाले सहभागि भएका थिए । जसमा जम्मा खसेको मत मध्ये २४५ मत सदर र ७ मत बदर भएको थियो । त्यसैगरी दोधरा चादनी नगरपालिकामा सम्पन्न कार्यक्रममा ३५ जनाले सहभागिता जनाउनु भएको थियो । जसमा जम्मा खसेको मत मध्ये २३७ मत सदर र ८ मत बदर भएको थियो । कार्यक्रम सहजीकरण बास नेपालका सहजकर्ता गिता बुढा र बास नेपाल कञ्चनपुर शाखाका अध्यक्ष पुष्करराज पन्तले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न महिला क्षेत्रका बुद्धिजिवीहरुको पनि सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी