२०८१ मंसिर ९, आईतबार
दोधारा:
दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहले आफ्नो बिशाल आमसभा सम्पन्न गरेको छ् । दोधारा चाँदनी नगरपालिकाको साबिकको चाँदनी गाबिस कार्यालयको खेल मैदानमा स्वतन्त्र समुहले चुनावी आम सभा सम्पन्न गरेको हो ।
दोधारा चाँदनी नगरपालिकाका स्वतन्त्र समुहका उम्मेदवार तथा नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा बरिष्ठ सामाजिक अभियन्ता हेमराज थापा, हास्य कलाकार दिपेन्द्र ओली, भोजराज जोशी, शोम शर्मा, लगाएतको आमन्त्रीत अतिथि रहेका थिए भने स्वतन्त्र समुहबाट दोधारा चाँदनीमा मेयर पदका उम्मेदवार भिम कुमाल, उपप्रमुखका उम्मेदवार पार्वती राना मगर, वडा नं. १ मा प्रेम खत्री, वडा नं. २ मा भक्त सुनार, वडा नं. ३ मा भुपेन्द्र औजी, वडा नं. ४ मा धन बहादुर दमाई, वडा नं. ५ मा राम बहादुर सुनार, वडा नं. ६ मा भिम बहादुर कामी, वडा नं. ७ मा बिर बहादुर सुनार, वडा नं. ८ मा नर बहादुर सुनार, वडा नं. ९ मा शान्ता क्षेत्री र वडा नं. १० मा ईन्द्र बहादुर सुनार वडाध्यक्ष पदमा उम्मेदवार लगाएत दर्जर्नौ नेता तथा कार्यकर्ताको बाक्लो उपस्थिती रहेको थियो । नगरका १० वटै वडाको एकीकृत विकास, महाकाली जोगबुढाको तटबन्ध निर्माण, अधुरो सुख्खा बन्दगरगाहा निर्माण, मध्यवर्ती क्षेत्र हटाउने, सीमा सुरक्षा, कृषिको विकास, शिक्षा स्वास्थ्य, खानेपानी, भौतिक पूर्वाधार निर्माण, गाँउमै रोजगारीका कार्यक्रम संचालन गर्ने, कृषिमा आधुनिकीकरण गर्ने, मलखादको समस्या समाधान गर्ने, रसायनिक मल विस्थापित गर्ने योजनाहरु आफुहरुले जिते कार्यान्वयमा ल्याउने कार्यक्रममा बताईएको छ् । बरिष्ठ सामाजिक अभियन्ता हेमराज थापाले दलहरुले गर्दै भ्रष्टाचार र देशलाई बेच्दै गरेको अवस्थामा अहिले आएर देशैभरी स्वतन्त्र उम्मेदवारी दिनेका संख्या बृद्धि भएको बताएका छन् । नेपाली काग्रेंस, नेकपा एमाले, नेकपा माओबादी दलहरुले देशलाई धरापमा पारेको बताउदै अबका दिनहरुमा स्वतन्त्र उम्मेदवारीको लहर आउने बरिष्ठ सामाजिक अभियन्ता हेमराज थापाले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा भिम कुमाल र उनका टिमले गरेको सामाजिक कार्य अतुलनिय कार्य रहेको भन्दै राम्रो गर्ने मान्छेको खाँचो देशलाई रहेको उनले बताएका छन् । दोधारा चाँदनी नगरपालिकामा स्वतन्त्र समुहका उम्मेदवारहरुले ईतिहास रच्नेमा आफु ढुक्क रहेको बरिष्ठ सामाजिक अभियन्ता हेमराज थापाले बताएका छन् । सभालाई सम्बोधन गर्दै स्वतन्त्र समुहका उम्मेदवार भिम कुमालले दोधारा चाँदनी नगरपालिकामा भ्रष्टाचार निकै मौलाएको कारण आफ्नो उम्मेदवारी रहेको बताएका छन् । जनताको चाहाना बिपरित जनप्रतिनिधीहरुले काम गर्दै आएको भन्दै चुनावको बेला मात्रै जनता चाहिने संस्कारको अन्त्यको लागी स्वतन्त्र समुहहरुको दोधारा चाँदनीमा उम्मेदवारी दिन बाध्उ भएको उनले बताए । केही भ्रष्ट र केही भ्रष्टाचार भएको बेला मौन बस्ने अहिलेको उम्मेदवारकोरुपमा देखिएका हुदा तिनीहरुलाई जनताले समयमै चिन्ने अवस्था आएको उनको भनाई रहेको छ् । दोधारा चाँदनी नगरपालिकामा आज भएको स्वतन्त्र समुहको जनसभामा स्थानिय निर्वाचनमा स्वतन्त्र समुहको बिजय हुने निश्चीत भएको स्थानियहरुको ठहर छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी