२०८१ मंसिर १५, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको बेलौरीमा नेकपा एमाले आक्र्रमणमा उत्रिएको छ । चुनावको मिति नजिकिदै जाँदा एमालेका नेता कार्यकर्ता आफ्नै पुर्व सहकर्मीमाथि भौतिक आक्र्रमणमा उत्रिएका हुन ।
नेकपा एकीककृत समाजवादी पाटीले एमाले नेता कार्यकर्ताहरुले आफुमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ ।
एमाले नेता कार्यकर्ताहरुले आफ्नै पुर्व सहकर्मी एव समाजवादी बेलौरीका उप प्रमुख नन्द कुमार राना र प्रदेश सदस्य तिलक भट्टमाथि कुटपिट गरेको समाजवादीले जनाएको छ । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश कमिटिले एक विज्ञप्ती जारी गरेर एमाले बेलौरीका ४का नेता एव उम्मेदवार अर्जुन ढकालकी श्रीमती सहितमा एमाले नेता कार्यकर्ताले समाजवादीका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमणमा उत्रिएको जनाएको छ । नेकपा एकीकृकत समाजवादी सुप प्रदेश सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा समाजवादीको बुटाबारीदेखि बेलौरी बजारतर्फ आईरहेको बेला भौतिक आक्र्रमण गरेको जनाएको छ । २७ गते दिउँसो समाजवादी बेलौरीको निर्वाचन प्रचार प्रसार अभियानको ¥यालीमा नेकपा एमाले वडा ४ का वडाध्यक्ष उम्मेदवार अर्जुन ढकालकी श्रीमती नेतृत्वमा रहेको प्रतिगामी तथा लोकतन्त्र बिरोधी जत्थाले समाजवादी बेलौरी उप मेयरका उम्मेदवार राना र प्रदेश सदस्य तिलक भट्टमाथि भौतिक आक्र्रमण गरेको जनाएको छ । समाजवादी सुप प्रदेशका सचिव दिनेशचन्द्र सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तीमा निर्वाचका मुखमै भएको अप्रजातान्त्रिक, अमार्यादित तथा हिन्सात्मक गतिबिधी हरकत पराजित मानसिकताको पराकाष्ठ भएको जनाएको छ । समाजवादीका प्रदेश सचिव सुवेदी घाईतेको उपचार र दोषि उपर कार्बाहीको माग अघि सारिएको छ ।
यस विषयमा नेकपा बेलौरीका नेता एव ४ का वडाध्यक्षका उम्मेदवार अर्जुन ढकालले आफ्ना नेता कार्यकर्ताले कुनैपनि समाजवादीका नेताकार्यकर्तालाई कुटपिट नगरिएको बताए । उनले निर्वाचनका बेला यतिकै उचालेको र झुटा आरोप भएको बताए । श्रीमतीको नाम आफु वडाध्यक्षको उम्मेदवार भएकाले जोडिएको बताए । समाजवादी बेलौरीमा उपमेयरका उम्मेदवार राना तिलक भट्ट पहिले एमाले नेता नै हुन । उनीहरु एमाले परित्याग गरेर समाजवादीमा प्रवेस गरेसंगै एमाले नेता कार्यकर्ता रुष्ट भएका छन । बेलौरीमा एमाले नेता कार्यकर्ता समाजवादीका नेता कार्यकर्तामाथि कुटपिटमा उत्रिएपछि समाजवादीले समेत एमाले नेता कार्यकर्ता कुटपिटको भत्र्सना गर्दै कार्बाही नगरिए आन्दोलनको चेतावनी दिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी