२०८१ मंसिर ८, शनिबार
कृष्णपुरमा काँग्रेस मतदाता प्रभावित पार्न पैशा बाँड्दै
कञ्चनपुर:
स्थानीय तहको निर्वाचन आउँन एक दिन बाँकी रहदा कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसले मतदातालाई पैशा वितरण गरिरहेको तथ्य बाहिर आएको छ ।
गयराती नेपाली काँग्रेस कृष्णपुरका उम्मेदवारहरु निकट नेता कार्यकर्ताहरुले मतदाता प्रभावित पार्नका लागि पैशा वितरण गरिरहेको तथ्य बाहिर आएको हो ।
पैशाको बलमा चुनाव जित्नका लागि काँग्रेसले पैशा वितरण गरिरहेको अवस्थामा गयराती प्रहरीले करन महरलाई पक्राउ गरेको हो । महराका साथबाट २ लाख, २२ हजार ६८० रुपैया बरामद गरेको छ । महरालाई राती ठुलो परिमाणमा पैशा बोकेकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कृष्णपुरका एमाले, माअोवादी, राप्रपा सहितका अन्य पार्टीका नेता कार्यकर्ताहरुले पैशा वितरण गर्न जाँदा फरक दलका नेता कार्यकर्ताले अहिले काँग्रेसले विवाह अन्य बहाना बनाईरहेको बताईरहेका छन । ‘राती लाखौँ रकम बोकेर कुन व्यवसायी हिड्छ, त्यो पनि विवाहमा जान के लाख लाख बोकेर जाँछन, ‘एक माओवादी नेताले भने, ‘यो पैशा वितरण गरेर माओवादीको मत प्रभावित पार्ने खेल हो ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र्र बहादुर शाहले प्रहरीलाई शंका लागेकाले महरालाई पक्राउ गरिएको बताए । प्रवक्ता शाहका अनुसार पक्राउ परेका महराको साथबाट २लाख, २२ हजार ६८०रुपैया समेत बरामद गरिएको छ । ‘पक्र्राउ परेका व्यक्तिको विषयमा हामी छानबिन गरिरहेका छौँ, ‘उनले भने, ‘विवाहबाट घर फर्किएका थिए ।’ प्रहरीले महरा व्यवसायी भएको बताएका छन ।
चुनावका बेला मौन अवधिमा व्यवसायी होस की हुनै अन्य व्यक्ति राती लाखौँ रकम बोकेर गाँउ पस्ने कार्य निन्दनिय भएको भन्दै कृष्णपुरका राजनीतिक दलले छानबिनको माग अघि सारेका छन । दलहरुले कुनै दललाई लाखौँ पैशा वितरण गर्न दिने र कुनैलाई छुट दिने भन्दै कृष्णपुरको निर्वाचन कार्यालयले एक्सन नलिएर पुर्वाग्रही भएको आरोप लगाएका छन । नेपाली काँग्रेस कृष्णपुरका नगर सभापति विष्णू खडकाले कुनैपनि काँग्रेसले पैशा वितरण नगरेको बताए । उनले काँग्रेसको बदनाम गर्नका लागि केही फरक दलका नेता कार्यकर्ताहरुले अतिरञ्जित बनाईरहेको बताए । ‘उनी धनगढीका मदिरा व्यवसायी हुन, ‘काँग्रेस नगर सभापति खडकाले भने, ‘पैशा अशल्न कृष्णपुर आएका थिए, प्रहरी पक्राउ गरिदियो ।’ नगर सभापति खडकाले ९÷१०बजेतिर झोलामा पैशा बोकेर हिड्दा प्रहरीले बिना सित्तमै पक्राउ गरेको काँग्रेसको बदनाम गर्न खोजिएको बताए । उक्त घटनालाई लिएर राजनीतिक दल समुहले छानबिनको माग अघि सारेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी