२०८१ फागुन २७, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिका १० नम्बर वडामा निर्वाचन स्थगित गरिएको छ । एमाले, काँग्रेस, राप्रपाका स्थानीय नेता कार्यकर्ताहरुले पुरै मतदानमा फर्जी मत परेको भन्दै पुनर्वास नगरपालिका १० भीमबस्तीको विजय माविमा निर्वाचन स्थगित गरेको हो ।
विजय माविका एक निर्वाचन अधिकृतले काँग्रेस, एमालेका कारण बखेडा भिकेपछि विवाद उत्पन्न भएको बताए । ‘एक युवक अर्काका नाममा फर्जी मत हाल्न आएका थिए, ‘ति निर्वाचन अधिकृत भने, ‘फर्जी मत हाल्न आएका युवकलाई प्रहरीले पक्राउ ग¥यो, तर पनि काँग्रेस, एमालेले बखेडा झिक्यो ।’
जेलमा रहेका मरेका तथा विदेश गएका मतदाताको नाममा फर्जी मत हाल्न लगाएको भन्दै मतदानमा खटिएका काँग्रेस एमाले, राप्रपाका एजेण्टले बिरोध गरेपछि दिउँसो १२ बजेदेखि ४ बजेसम्म स्थगित भएको थियो । स्थगित भएको निर्वाचन पुन शुचारुका लागि निर्वाचन अनुगमन समिति, निर्वाचन अधिकृत एव सर्वदलियक बैठकबाट समेत निकास निस्किन सकेन । सर्वदलिय बैठकमा पनि एमाले, काँग्रेस र राप्रपाका उम्मेदवार एव स्थानीय नेता कार्यकर्ताहरुले बखेडा झिकेपछि निर्वाचन पुन शुचारु भन्दा पनि स्थगित गर्नमा पुगेको हो । निर्वाचनमा खटिएका कर्मचारीले सर्वदलिय बैठकमा माओवादीका तर्फबाट उम्मेदवार एव एजेण्टले स्थगित भएको निर्वाचन पुन शुचारुको प्रस्ताव राखेपछि काँग्रेस, एमाले, राप्रपाले शुरुवाती चरणदेखि पुन मतदान भनेर अडान राखेपछि स्थगित गरिएको छ ।
सर्वदलिय बैठकले मतदानका बेला हुलदङगा असामान्य अवस्था सृजना भएकाले सुचना जारी नहुँदासम्म हाललाई स्थगित गर्ने निर्णय गरिएको निर्वाचन अधिकृत किरण जोशीले बताईन । मतदानका लागि गाँउ गाँउबाट आएका मतदाता निरास हुँदै घर फर्किएका थिए । तीन मतदान केन्द्र रहेको विजय माविमा ८०१मत खसेका थिए । काँग्रेस, एमालेले निर्वाचनमा खटिएका कर्मचारी समेत फर्जी मत हाल्न सहयोग गरेको भन्दै आरोप लगाईरहेका थिए । भने कर्मचारीहरुले आफु विवाद गर्ने कर्मचारीलाई आरोप लगाउने भन्दै प्रतिकृया दिईरहेका छन । ‘फर्जी मत हाल्न आएका व्यक्तिले मत हाल्न समेत नपाएको र पक्राउ पर्दा समेत काँग्रेस एमालेले खै किन विवाद झिके, ‘एक कर्मचारीले भने, ‘आफुलाई लोकतन्त्रका पक्षधर भन्नेहरु नै चुनाव विपक्षमा देखिए ।’ कतिपय स्थानीयले माओवादीका उम्मेदवार सुकदेब राना र गठबन्धनका उम्मेदवारका पक्षमा बलियो मत खसेकाले विवाद झिकेको बताएका छन । ‘काँग्रेस, एमालेले यस वडामा जसरी बखेडा झिके उस्तै गरी उनीहरुको भएको जनमत पनि खस्किन्छ, ‘स्थानीय पदम सुनारले भने, ‘कतिपय निर्वाचन केन्द्रमा भएका ठुल ठुला विवाद पनि मिले यहाँको विवाद मिलाउन काँग्रेस एमाले तयार भएनन, अब उनीहरुलाई क्षति हुन्छ ।’
पुर्नवासका अन्य वडाहरुमा चुनाव भएपनि उक्त वडामा नहुँदा मत गणना समेत रोकिने छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय