२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगर:
कञ्चनपुरको बेलौरी नगरपालिका–१ र लालझाडी गाउँ पालिका -५ का वडा अध्यक्षमा माओवादी केन्द्र र एमालेका वडा अध्यक्षका उम्मेदवार बिजयी बनेका छ्न ।
बेलौरी नगरपालीका-१ मा नेकपा माओवादी केन्द्रका धनबहादुर विष्ट प्यानल सहित विजयी भएका छन् ।
बिजयी विष्टले ६ सय ५९ मत ल्याउँदै वडा अध्यक्षमा विजयी भएका हुन् । एमालेका नमराज शाहीले ५ सय ५२ मत पाउँदा कांग्रेसका खुसीराम चौधरीले ३ सय ५२ मत ल्याएका छन् ।
यस्तै लालझाडी गाउँ पालिका-१ मा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार पहल बहादुर थापा पुरै प्यानल सहित बिजयी बनेका छ्न । बिजयी थापाले ८३० मत ल्याउदै बिजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका श्रीकृष्ण रानाले ७४८ मत प्राप्त गरेका थिए भने नेकपा माओवादी केन्द्र्का उम्मेदवार तेश्रो भएका थिए ।
कञ्चनपुरका नौं स्थानीय तह मध्ये आठ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । पुनर्वास नगरपालिकाको वडा नम्बर -१० मा फर्जी मत परे पछि बिबादास्पद बनेको मतदान केन्द्र्मा निर्वाचन प्रक्रिया नै रोकिएको छ । उत्त नगरपालिकामा मतगणना कार्यक्रम समेत रोकिएको छ । पुनर्वास नगरपालिकामा नेकपा समाजबादी र नेकपा माओबादी केन्द्र बिच बनेको गठबन्धन र नेकपा एमाले बिच प्रतिस्पर्धा हुने देखिन्छ भने नेपाली काङ्ग्रेस तेस्रो हुने देखिन्छ ।
यस्तै कञ्चनपुरको जेठो नगरपालिका भिमदत्तमा नेपाली काङ्ग्रेसका पदम बोकटीले आफ्नो अग्रता कायम राखेका छ्न । उनका निकतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार महेस पन्त र राप्रपाका उम्मेदवार गजेन्द्र चन्दले पछ्च्याइ रहेका छ्न । बेतकोट नगरपालिकामा नेपाली काङ्ग्रेसका भोजराज बोहरा र नेकपा एमालेका सुसिला सिह बिच प्रतिस्पर्धा भैइरहेको छ । नेकपा समाजबादीका उम्मेदवार रामचन्द्र रेग्मी तेस्रो स्थान बनाउने आकलन गर्न सकिन्छ ।
यस्तै शुक्लाफांटा नगरपालिकामा गठबन्धनका उम्मेदवार नवराज ऐरले अग्रता राखेका छ्न । ऐरले एमाले उम्मेदवार रण बहादुर महरालाई पछाडी पार्दै अग्रस्थानमा रहेका छ ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमालेका लोकेन्द्र पन्तले अग्रता कायम गरि रहेका छ्न । कृष्णपुर नगरपालिकामा नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा समाजबादी बिच प्रतिस्पर्धा हुने देखिन्छ ।
लालझाडी गाउँपालिकामा एमालेका निर्मल राना र नेकपा माओबादी केन्द्रका मदनसेन बडायक बिच प्रतिस्पर्धा हुने देखिएको छ भने नेपाली काङ्ग्रेस तेस्रो स्थानमा रहने देखिन्छ । यस्तै बेलडाडी गाउँपालिकामा नेपाली काङ्ग्रेस र नेकपा एमाले बिच प्रतिस्पर्धा हुने देखिन्छ । मतगणनाको पहिलो नतिजा अनुसार नेकपा माओबादी केन्द्र तेश्रो स्थानमा रहेको छ ।
महाकाली पारीको नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता कायम राखेको छ । काङ्ग्रेस उम्मेदवार गोपाल भट्ट र एमाले उम्मेदवार किशोर लिम्बू र स्वतन्त्र उम्मेदवार भिम कुमाल बिच प्रतिस्पर्धा हुदैछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी