२०८१ मंसिर ११, मंगलबार
महेन्द्रनगरः
कञ्चनपुरको महाकाली पारी दोधारा नगरपालिका-५ मा राप्रपाका वडा अध्यक्षका उम्मेदवार केशव खत्री सहित पुरै प्यानल बिजयी बनेका छ्न । बिजयी चन्दले ४९८ मत ल्याउदै बिजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस ले ३८० मत प्राप्त गरेका थिए भने नेकपा एमाले उम्मेदवार २७२ मत ल्याएका थिए । त्यसैगरी १ मा राप्रपाका वडा अध्यक्षका उम्मेदवार बिक्रम चन्द बिजयी बनेका छ्न । बिजयी चन्दले ८०६ मत ल्याउदै बिजयी भएका हुन । उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेस ५०५ मत प्राप्त गरेका थिए भने नेकपा एमाले उम्मेदवार ४१२ मत ल्याएका थिए ।
कञ्चनपुरका नौं स्थानीय तह मध्ये आठ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । पुनर्वास नगरपालिकाको वडा नम्बर -१० मा फर्जी मत परे पछि बिबादास्पद बनेको मतदान केन्द्र्मा निर्वाचन प्रक्रिया नै रोकिएको छ । उत्त नगरपालिकामा मतगणना कार्यक्रम समेत रोकिएको छ ।
महाकाली पारीको नगरपालिकामा नेपाली काङ्ग्रेसले अग्रता कायम राखेको छ । काङ्ग्रेस उम्मेदवार गोपाल भट्ट र एमाले उम्मेदवार किशोर लिम्बू र स्वतन्त्र उम्मेदवार भिम कुमाल बिच प्रतिस्पर्धा हुदैछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी