२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरको भीमदत्त नगरपालिकाको स्थगित भएको मतगणना अझै सुरु हुन सकेको छैन । सर्वदलीय बैठकमा सहमति नजुटे पछि अझै मतगणना सुरु हुन नसेको हो ।
भीमदत्त नगरपालिका वडा नं. २ को मतगणना गर्ने क्रममा एक सय मत पत्र भनि खोलिएको पोकामा एक सय २० मतपत्र भेटिए पछि विवाद भएको थियो । मतगणना गर्ने कर्मचारीले जालसाजी गरेर बदनियतपुर्ण व्यबहार गरेको भन्दै पुनः निर्वाचनको माग गरेको वडा नम्बर २ का सर्वदलीय बैठक बाट निकालिएको बिज्ञप्तिमा उल्लेख छ । दिउँसो १२ बजे पछि मतगणना रोकिएको छ ।
नेपाली कांग्रेस बाहेक अन्य दलहरुले मतदान प्रक्रिया पुनः गर्नु पर्ने माग सारेको बैठकमा सहभागी एमाले उपाध्यक्ष रबिन्द्र कुवरले बताए ।
सर्वदलीय बैठकमा पुनः निर्वाचन गर्नु पर्ने माग राखेका एमाले, राप्रपा, माओवादी केन्द्र, बिबेकसिल साझा पार्टी माग सुनवाइ नभएपछी बैठक निस्कर्स बिहिन बनेको छ ।
दिउँसो १२ बजेदेखि रोकिएको भीमदत्तको मतगणना ७ घण्टा बित्न लाग्दा पनि सुरु हुन सकेको छैन । अहिले बैठक पनि केही बेरका लागि रोकिएको छ । भिमदत्त नगरपालिकामा मेयर र उपमेयरमा नेपाली कांग्रेसले अग्रता रहेको छ ।
भिमदत्त नगरपालिकाको मतगणना स्थल जिल्ला समुन्वय समितीमा सुरक्षा ब्यबस्था कडा परिएको छ भने थप सुरक्षा कर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी