२०८१ मंसिर ११, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरका दुई विद्यार्थी नेता वडाध्यक्षमा निर्वाचित भएका छन । एमाले निकट अनेरास्ववियुका विद्यार्थी नेता ओम बस्नेत र नरेश बहादुर सिह वडाध्यक्षमा निर्वाचित भएका हुन । बस्नेत अनेरास्ववियु कञ्चनपुरका पुर्व अध्यक्ष हुन । उनी दोधाराचाँदनी नगरपालिका ६ बाट वडाध्यक्षमा निर्वाचित भएका छन ।
बस्नेतले आफ्ना निकटतम प्रतिद्वन्दी काँग्रेसका दिल बहादुर सिजालीसंग १२३ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचि भए । बस्नेत ८७४ र सिजालीले काँग्रेस ७५१ मत ल्याएका थिए । यस अघि ०७४ मा बस्नेत र सिजालीविचमै प्रतिस्पर्धा भएको थियो । उतिबेला सिजालीले जितेका थिए ।
बेदकोट नगरपालिका २ को वडाध्यक्षमा पुन निर्वाचित भएका नरेश बहादुर सिह अनेरास्ववियुका पुर्व जिल्ला उपाध्यक्ष हुन । सिहले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादीका उम्मेदवार मान ब. रानालाई दोब्बर मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए । सिहले ८६७ र रानाले ४३१ मत ल्याएका थिए । वडाध्यक्षमा निर्वाचित नेताद्वय बस्नेत र सिहलाई एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले बधाई ज्ञापन गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी